१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी

चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन्।

आठ महिनामा ७२ मेगावाट बिजुली थपियो

सरकारले जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि चालु आर्थिक वर्षको फागुनसम्ममा ७२ मेगावाट बिजुली थपिएको छ । निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणबाट निर्माण भएका आयोजनाबाट उक्त परिमाणमा बिजुली थपिएको हो ।चालु आर्थिक वर्ष ०७४- ७५ को आठ महिनामा ७२ मेगावाट बिजुली थपिइसकेको छ । बाँकी पाँच महिनामा त्यत्तिकै परिणाम बराबरकोे बिजुली थपिने अनुमान गरिएको छ ।

१० वर्षमा १० हजार मेगावाट विद्युत्

नेपालमा १० वर्षे ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकलाई सफल पार्नका लागि १० हजार मेगावाट विद्युत् उत्पादन गरिने भएको छ।

दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरिने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरी अब आधुनिक ऊर्जावाट खाना पकाउने अभियान चलाउने योजना रहेको बताएका छन्।

टनकपुरबाट ७० मेगावाट विद्युत आयातको बाटो खुल्यो

नेपाल विद्युत प्राधिकरणले माग उच्च हुँदा टनकपुरबाट बढीमा ७० मेगावाटसम्म विद्युत आयात गर्न सक्ने भएको छ। ५० एमभिएको नयाँ ट्रान्सफर्मर जडान गर्ने सुनिश्चित भएकाले थप विद्युत आयातको बाटो खुला भएको हो।

२५ मेगावाटको म्याग्दी आयोजनालाई लगानी जुट्यो

म्याग्दी जिल्लामा निर्माण हुने २५ मेगावाट क्षमताको म्यादी खोला जलविद्युत् आयोजनालाई तीन अर्ब रुपैयाँभन्दा बढी ऋण लगानी जुटेको छ।

२५ मेगावाटको म्याग्दी आयोजनालाई लगानी जुट्यो

म्याग्दी जिल्लामा निर्माण हुने २५ मेगावाट क्षमताको म्यादी खोला जलविद्युत आयोजनाका लागि ऋण लगानि जुटेको छ। धौलागिरी कालिका हाइड्रो लिमिटेडले बनाउने उक्त आयोजनाका लागि ३ अर्व रुपैयाँभन्दा बढी ऋण लगानी गर्न आधा दर्जन बैंक तथा वित्तिय संस्था तयार भएका छन्।

यो वर्ष दुई सय १४ मेगावाट बिजुली थपिँदै

सरकारले जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि यो वर्ष दुई सय १४.२८ मेगावाट बिजुली थपिने भएको छ । निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणबाट निर्माण हुने आयोजनाबाट उक्त परिमाणमा बिजुली थपिन लागेको हो ।

केन्द्रीय प्रसारणमा ३० मेगावाट थपियो

निर्माण सुरु भएको झन्डै ११ वर्षपछि ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना औपचारिक रूपमा केन्द्रीय प्रणालीमा जोडिएको छ । यो साबिकको सुदूरपश्चिम र हालको प्रदेश ७ मा निर्माण भएको अहिलेसम्मकै ठूलो आयोजना हो।

६ सय ५० मेगावाटको तामाकोशी–तेस्रो तीन सयमा झारिने

टिबिआई होल्डिङ कम्पनी लिमिटेडले ६ सय ५० मेगावाट क्षमताको तामाकोशी–तेस्रो जलविद्युत आयोजनालाई तीन सय मेगावाटमा झार्न विद्युत विकास विभागमा निवेदन दिएको छ ।

महतको पहलमा १ मेगावाट विद्युतको सर्वे

जिल्लाको तातोपानी गाउपालिका ४ झारगिडीमा १ मेगावाट विद्युत उत्पादनका लागि प्रारम्भिक सर्वे सम्पन्न भएको छ । राष्ट्रिय प्रसारण लाइन विस्तार नहुँदा अन्धकार झेलिरहेको जुम्लामा १ मेगावाट विद्युतको सर्वेसँगै स्थानीयमा खुसी छाएको छ ।

पाँच वर्षभित्र २३ सय मेगावाट बिजुली थपिँदै

पछिल्लो एक सय ६ वर्षमा नेपालमा जति बिजुली उत्पादन भएको थियो, त्योभन्दा दोब्बरले बढी आगामी पाँच वर्षमै उत्पादन हुने भएको छ । सरकारले जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि उत्पादन बढेको हो ।

बाइस वर्षपछि विद्युत् माग १८ हजार मेगावाट पुग्ने

आगामी २२ वर्षपछि मुलुकमा विद्युत्को उच्चत्तम माग १८ हजार १३७ मेगावाट पुग्ने भएको छ।  सरकारले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०३९÷४० सम्ममा विद्युत्को माग बढेर उक्त बिन्दुमा पुग्ने देखिएको हो।

नेपाल–भारत ८ समझदारीपत्रमा हस्ताक्षर, १०० मेगावाट बिजुली थपिने

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरवाद हाउसमा वार्ता भए लगत्तै दुवै जनाको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।

५ मेगावाट क्षमतायुक्त तल्लो तादीकाे बाँध निर्माण सुरु

नुवाकोटको तादी खोलामा निर्माण हुन लागेको पाँच मेगावाट क्षमताको तल्लो तादी जलविद्युत् आयोजनाको बाँध निर्माणको काम सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्