१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपाल–भारत ८ समझदारीपत्रमा हस्ताक्षर, १०० मेगावाट बिजुली थपिने

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदी

काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरवाद हाउसमा वार्ता भए लगत्तै दुवै जनाको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।

समझदारी भएकामध्ये चार विषय भूकम्पपछिको पुनःनिर्माणमा भारतले नेपाललाई दिने भनिएको सहयोगसँग सम्बन्धित छन्। एउटा सम्झौता ५० हजार घर पुनःनिर्माणसँग सम्बन्धित छ। भूकम्प प्रभावित क्षेत्रको शिक्षा र सांस्कृतिक सम्पादा पुनःनिर्माणबारे पनि समझदारी भएको छ।

यो सम्झौतासँगै आगामी आगामी हिउँदको भारतबाट थप एक सय मेगावाट विद्युत् थपिनेछ। ती अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपालले भारतबाट थप ५०-५० मेगावाट विद्युत् आयात गर्नेछ।

हस्ताक्षर कार्यक्रमसँगै दुवै देशका प्रधानमन्त्रीले रक्सोल–परवानीपुर र कुशाहा—कटैया अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्‌घाटन गरे। हैदरवाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले स्विच थिचेर ती प्रसारण लाइनको उद्‌घाटन गरेका हुन्।

यो सम्झौतासँगै आगामी आगामी हिउँदको भारतबाट थप एक सय मेगावाट विद्युत् थपिनेछ। ती अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपालले भारतबाट थप ५०-५० मेगावाट विद्युत् आयात गर्नेछ। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको समयमा पनि ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको उद्‌घाटन भएको थियो।

ती दुवै आयोजनाको क्षमता १३२ केभी रहेको छ। आज उद्‌घाटन गरिएका दुईवटै प्रसारण लाइन गत माघमा नै निर्माण सम्पन्न भइसकेका हुन्। नेपालको विद्युत् मागलाई सम्बोधन गर्ने लक्ष्यअनुसार ती अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्‌घाटन भएको प्रधानमन्त्री देउवाले बताए।

विद्यमान ३३ केभी प्रसारण लाइनबाट हाल १० मेगावाट विद्युत् आयात भइरहेको छ। नयाँ प्रसारण लाइनबाट थप ५० मेगावाट विद्युत् आयात हुँदा  त्यसले वीरगञ्ज औद्योगिक कोरिडोर र आसपासका क्षेत्रलाई पूर्णरुपमा विद्युत्‌ कटौतीमुक्त पार्नेछ। भारतीय ठेकेदार मोहना इनर्जीले सो प्रसारण लाइन निर्माण गरेको हो। हाल भारतबाट नेपालले ३५० मेगावाट विद्युत् आयात गरिरहेको छ। ती प्रसारण लाइनबाट थप एक सय मेगावाट विद्युत् आयात भएपछि ४५० मेगावाट पुग्नेछ।

केही समय पहिले विद्युत् आदान प्रदान समितिको बैठकबाट १३२ केभी क्षमताको प्रसारण लाइनबाट आयात हुने विद्युत्को मूल्य प्रतियुनिट रु ८.८८ (भारु ५.५५) हुने तय गरिएको थियो।

प्राधिकरणका अनुसार आव २०७३/७४ मा रु १४ अर्ब २० करोड बराबरको विद्युत् आयात गरेको थियो। भारतबाट आयातीत ऊर्जा ३४.७६ प्रतिशतले बढेको छ।

प्रकाशित: ८ भाद्र २०७४ १०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App