सात वर्षमा १७ हजार मेगावाट विजुली उत्पादन
लोडसेडिङ हटाएर चर्चा कमाएका ऊर्जामन्त्री जनार्दन शर्माले आउँदो सात वर्षमा १७ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने महŒवाकांक्षी योजना सार्वजनिक गरेका छन्।
लोडसेडिङ हटाएर चर्चा कमाएका ऊर्जामन्त्री जनार्दन शर्माले आउँदो सात वर्षमा १७ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने महŒवाकांक्षी योजना सार्वजनिक गरेका छन्।
जोगमाई हाइड्रोपावरबाट उत्पादतित ७.६ मेगावाट बिजुली नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रणालीमा थपिएको छ ।
सरकारले माथिल्लो अरुण जलविद्युत् आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने भएको छ ।
मावु गाविसमा निर्माण भएको अप्परमाई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। दुई महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ६.१ मेगावाट क्षमताको उक्त क्यासकेड द्रुत गतिमा निर्माण भइरहेको पञ्चकन्या हाइड्रोपावर कम्पनीले जनाएको छ।
केन्द्रीय प्रसारण लाइनमा बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ । ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रसारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम २५ मेगावाट बिजुली ल्याउन लागेको हो ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना अगाडि बढाउन आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ।
राष्ट्रिय प्रशारणलाईनमा खोटाङको एक मेगावाट क्षमताको मेवा खोला हाईड्रोपावर थपिएको छ। जिल्लालाई लोडसेढिङमुक्त बनाउने लक्ष्यकासाथ साप्सु–कालिका हाईड्रोपावर कम्पनीले पूरा गरेको हाईड्रोपावर उदघाटन सँगै राष्ट्रिय प्रशारणमा एक मेगावाट बिद्युत थपिएको हो।
ऊर्जामन्त्री जनार्दन शर्माले १० हजार मेगावाट विद्युत नेपालमै खपत हुने बताएका छन्। बिजुली नभएको समयमा बिक्री गर्नु हाँस्यास्पद भएको भन्दै १० हजार मेगावाट नेपालमै खपत गर्न सकिने जानकारी पनि उनले दिए।
राष्ट्रिय प्रसारण लाइनमा शुक्रबारदेखि २५ मेगावाट विद्युत थपिएको छ। कास्कीको सिल्दजुरेमा निर्माणाधीन २५ मेगावाट क्षमताको उपल्लो मादी जलविद्युत आयोजना सम्पन्न भएपछि उत्पादित विद्युत प्रसारण लाइनमा जोडिएको हो।
कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।
ऊर्जा मन्त्रालयले निजी क्षेत्रको लगानी रहेको दुई मझौला जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको छ।
पोखराको नदीपुरस्थित सेतीफेवा जलविद्युत आयोजनाको भत्केको ड्याम आगामी बर्खासम्म निर्माण नभए झन्डै ७ मेगावाट बिजुली खेर जाने अवस्था देखिएको छ। जिल्ला सिँचाइ कार्यालय कास्कीले अहिलेसम्म ड्याम पुनर्निर्माण प्रक्रिया अघि नबढाउँदा समस्या देखिएको हो।
बहुप्रतिक्षित एवम् महत्वपूर्ण आयोजना मानिएको ढल्केबर सवस्टेसनको काम आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ । हिउँदमा बढदो विद्युत् माग पूरा गर्न सहज हुने सो सवस्टेसनको करिब ९० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत हाल आइरहेको ८० मेगावाट विद्युत् बढाएर तत्काल थप ८० मेगावाट विद्युत् ल्याउन सो सवस्टेसन निर्माण सक्नैपर्ने बाध्यता छ ।
पाँचथरको भारपा र याङ्नाम गाविसको सिमानामा बग्ने हेवा खोलामा निर्माण गरिएको हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाले परीक्षण प्रसारणको चरण सुरु गरेको छ।
तपाईले आफ्नो कार्यालय वा सार्वजनिक स्थानमा अनावश्यक रुपमा बत्ती बालेर छाड्नु भएको छ वा हिटर पङ्खा चलाएर ननिभाइकन छाड्नुभएको छ ? अब त्यसो नगर्नु होला ।