कुलमानले भने– ‘३०० मेगावाटको दूधकोसी फास्ट ट्र्याकमा निर्माण’
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ सय मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्यलाई ‘फास्ट ट्र्याक’मा लैजाने काम भइरहेको बताएका छन्।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ सय मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्यलाई ‘फास्ट ट्र्याक’मा लैजाने काम भइरहेको बताएका छन्।
सरकारले जलविद्युत उत्पादन सम्भाव्यता अध्ययन गरिरहेका बेला सौर्य ऊर्जाबाट मात्र २१ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने देखिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गरेको अध्ययनले यस्तो सम्भावना देखाएको हो ।
विद्युत उत्पादन गर्ने एउटा सरकारी व्यापारिक प्रतिष्ठानले केन्यामा एउटा अर्को १४० मेगावाट जियोथर्मल विद्युत उत्पादन परियोजनाको खाका तयार पारेको छ। यसवर्षको अन्त्य सम्ममा उक्त परियोजना शुरुवात गरिसक्ने जनाइएको छ।
अपी पावर कम्पनी लिमीटेडले १ सय १३ मेगावाटका तीन जलविद्युत आयोजना अघि बढाउने भएको छ। कम्पनीको १३ औ साधारणसभाले ७५ मेगावाटको त्रिशुली गल्छी, ४० मेगावाट अपर चमेलिया र ८ मेगावाटको अपर नौगड गाढ जलविद्युत आयोजना अघि बढाउने निर्णण गरेको हो।
सरकारले १४औं त्रिवर्षीय योजना (२०७३/७४–२०७५/७६) को अन्त्यसम्म विद्युत उत्पादन २ हजार ३ सय ४१ मेगावाट पुर्याउने लक्ष्य राखेको छ। जलविद्युतबाट २ हजार २ सय ७९ मेगावाट र सोलार, वायु तथा अन्य स्रोतबाट ६२ मेगावाट उत्पादनको लक्ष्य राखिएको हो।
काठमाडौं-सरकारले जलविद्युत आयोजना अध्ययन, उत्पादन र प्रसारण तथा वितरण लाइनको अनुमति दिने प्रक्रिया छोट्याएर सहज बनाउने निर्णय गरेको छ।
देश संघीतामा गएपछि विभिन्न जिल्लामा निर्माण हुने जलविद्युत आयोजनामा केन्द्र वा संघ कसको स्वामित्व हुने भन्ने विषयमा छलफल सुरु भएको छ। जलविद्युत विकासले मात्र सिंगो अर्थतन्त्रको विकास हुन सक्ने बहस भइरहँदा संघीयतामा जलविद्युत विकासबारे छलफल भएको हो।
चालु आर्थिक वर्षभित्र नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा १ सय ८५ मेगावाट बिजुली थपिने भएको छ । निजी प्रवद्र्धकले निर्माण गरिरहेका आयोजना अन्तिम चरणमा रहेकाले उक्त परिमाणको बिजुली थपिने देखिएको हो ।
काठमाडौं– महत्वपूर्ण तीन जलविद्युत् आयोजना बन्द हुँदा मुलुकभर विद्युतभार कटौतीको समय घट्न सकेको छैन। नेपाल विद्युत् प्राधिकरणले हाल दैनिक सात घन्टा विद्युत्भार कटौती गर्दै आएको छ । गत सालको ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त भएको भोटेकोसी जलविद्युत् आयोजना पछिल्लो पटक आएको बाढीका कारण थप समस्यामा परेको छ।