६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

भारतबाट बिजुली आयात सुरु,निर्यात रोकिने

नेपाल विद्युत् प्राधिकरणले धनुषाको ढल्केबरमा निर्माण गरेको मुलुककै ठूलो सबस्टेसन। यो सबस्टेसनबाट ३७० देखि ३८० मेगावाट बिजुली आयात–निर्यात गर्न सकिन्छ। फाइल तस्बिरः नागरिक

नेपाल विद्युत् प्राधिकरणले भारतबाट दैनिक ७० मेगावाट बिजुली आयात गर्न थालेको छ। नेपालका जलविद्युत् आयोजनाको उत्पादन घटेरपिक आवरको माग स्वदेशी बिजुलीले धान्न नसकेपछि प्राधिकरणले भारतबाट आयात गर्न थालेको हो।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले अहिले पिक आवरमा दैनिक ६०–७० मेगावाट बिजुली आयात भइरहेको बताए। ‘नेपालका नदीनालामा पानीको सतह घटेसँगै प्राधिकरणले आइतबारदेखि भारतबाट बिजुली आयात गर्न थालेको छ,’ उनले भने,‘सम्भवतः बुधबारदेखि बिजुलीनिर्यात रोकिनेछ।’

प्राधिकरणका अनुसारअहिले पिक आवरमा १४ सय ८५ मेगावाटदेखि १५ सय मेगावाट बिजुली माग छ। प्राधिकरण रनिजी क्षेत्रका जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीबाट दैनिक १५ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ। तरअबको केही दिनभित्रै प्राधिकरणको सहायक कम्पनी रनिजी क्षेत्रको उत्पादन १५ सय मेगावाटबाट झरेरकरिव ९५० मेगावाटमा सीमित हुनेछ।

प्राधिकरणका प्रवक्ता भट्टराईले भारतसँग इनर्जी एक्सचेन्ज अनुसारबिजुली अ‍ैँचोपैँचोमा लिँदै आइरहेको बताए। ‘अहिले जलायशयुक्त कुलेखानी जलविद्युत् आयोजना सञ्चालन गर्ने हो भने भारतबाट आयात गर्नुपर्ने अवस्था छैन,’उनले भने,‘तरमध्य हिउँदमा बिजुलीको माग अत्यधिक हुने भएकाले केही समयको लागि कुलेखानीको पानी साँचेका हौं।’

अहिले राष्ट्रिय प्रसारण लाइनमा दुई हजारमेगावाट जडित क्षमता पुगिसकेको छ। प्राधिकरणले आर्थिक वर्ष ०७७/७८ मा भारतबाट २१ अर्ब ३९ करोड रूपैयाँ बराबरको बिजुली आयात गरेको थियो। आव ०७७/७८ मा प्राधिकरणका जलविद्युत् गृहबाट कुल दुई अर्ब ८१ करोड युनिट विद्युत् उत्पादन भएको थियो।

यो आव ०७६/७७ को उत्पादन तीन अर्ब दुई करोड युनिटको तुलनामा ६.९६ प्रतिशतले कम हो। आव ०७६/७७ मा निजी क्षेत्रका विद्युत् गृहबाट दुई अर्ब ९९ करोड युनिट विद्युत् प्राप्त भएकोमा गत आवमा८.३६ प्रतिशतले बढ्न गई तीन अर्ब २४ करोड युनिट पुगेको छ।

यस्तै, आव ०७६/७७ मा भारतबाट एक अर्ब ७३ करोड युनिट विद्युत् खरिद गरिएकोमा ऊर्जाको माग बढेको थियो। आर्थिक वर्ष ०७६/७७ मा १३ अर्ब ४२ करोड रूपैयाँको बिजुली भारतबाट आयात गरिएको थियो।

 प्राधिकरणको उत्पादन घटेको कारणले गत आवमा ६३.४५ प्रतिशत बढी अर्थात दुई अर्ब ८२ करोड युनिट विद्युत् खरिद गरिएको छ। गत आवमा प्रणालीमा आठ अर्ब ८७ करोड युनिट घन्टा विद्युत् उपलब्ध भएको थियो। यो आव ०७६/७७ को ७ अर्ब ७४ करोड युनिटको तुलनामा १४.६८ प्रतिशत बढी हो।

प्राधिकरणले आर्थिक वर्ष ०७६/७७ मा कुल ७ अर्ब ७४ करोड युनिट खपतमध्ये छिमेकी भारतबाट एक अर्ब ७३ करोड युनिट आयात गरेरमाग पूरा गरेको हो। भारतबाट आयात गरिएको बिजुलीको मूल्य करिब १३ अर्ब ४२ करोड करोड पर्न जान्छ। प्राधिकरणले आव ०७५/७६ मा ७७४१ गिगावाट आवर(सात अर्ब ७४ करोड युनिट) बिजुलीमध्ये भारतबाट २२.३४ प्रतिशत मात्रै आयात गरेको थियो।

उसले आव ०७५/७६ मा तीन करोड ४७ लाख युनिट रआव ०७६/७७ मा १० करोड ७० लाख युनिट बिजुली छिमेकी भारतमा निर्यात गरेको थियो। प्राधिकरणले चालु आवमा करिब २० हजारमेगावाट आवरबिजुली भारत निर्यात गरेको छ।

प्रकाशित: २२ मंसिर २०७८ ०१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App