१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

चेपे ए जलविद्युत् आयोजनामा तोडफोड

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले चेपे ए जलविद्युत् आयोजना (७ मेगावाट) को साइट अफिस एवम् पावर हाउसमा शनिबार एक समूह प्रवेश गरी कार्यालयका समान र सवारी साधन तोडफोड गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संस्थाले आइतबार प्रेस विज्ञप्ति जारी गरेर तोडफोड र आगजनीबाट तीन करोड रूपैयाँ बराबरको क्षति भएको जनाएको छ।

संस्थाले चम्पादेवी हाइड्रोपावर लिमिटेडको प्रबद्र्धनमा लमजुङ र गोरखा जिल्लामा निर्माणाधीन आयोजनामा क्षति पुर्‍याएको घटनाले स्तब्ध भएको जनाएको छ। संस्थाले राइनास नहरसँगको सरोकारको विषयमा भएको असमझदारीपछि घटाइएको यस्तो उच्छृङ्खल तथा अराजक घटनाको घोर भर्त्सना गरेको छ।

प्रकाशित: २६ मंसिर २०७९ ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App