१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

वादोरियो कराते टोलीको स्वागत

भारतको विशाखा पटनममा भएको नवौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका पदक विजेता खेलाडीसहितको नेपाली वादोरियो कराते टोलीलाई स्वागत गरिएको छ। नेपाल वादोरियो कराते डो संघका सदस्य राजकुमार कार्की लगायतले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

जनवरी ३० देखि फेब्रुअरी १ तारिखसम्म भएको प्रतियोगितामा नेपालले विभिन्न स्पर्धामा ३ स्वर्ण, २ रजत र २ कांस्य पदक जितेको नेपाल वादोरियो कराते डो संघकी महासचिव प्रतीक्षा श्रेष्ठले जानकारी दिएकी छन्।

दिया पहरी, विसन थापामगर र रिजन बुढा मगरले स्वर्ण जिते। शिशिर थापा मगर र श्वेता तारा गुरुङले रजत हात पारे। श्वेताले कांस्य पनि जितिन्। अर्को कांस्य राजु बुढाथोकीले प्राप्त गरे।

अफिसियलमा वादोरियो कराते संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक हरिशरण केसी रहेका छन्। सागर काफ्लेले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए।

प्रकाशित: २३ माघ २०८२ ०७:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App