पशुपतिनगरमा नेपाल–भारत सीमा विवाद, एसएसबीले स्वीकार्यो गल्ती
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालको पूर्वी सीमावर्ती क्षेत्रमा एकतर्फी रूपमा खम्बा गाढ्नु आफ्नो गल्ती भएको स्वीकारेको छ। सूर्योदय नगरपालिकाका जनप्रतिनिधि, स्थानीय, सशस्त्र र जनपद प्रहरीको टोलीसँग एसएसबीले आइन्दा सहमतिबिना दशगजामा कुनैपनि गतिविधि नगर्ने प्रतिबद्धता गरेको छ।