८ वैशाख २०८१ शनिबार

भारतबाट नेपाल आउन सीमानाकामा कडाइ

पछिल्लोसमय भारतमा कोरोना महामारी बढेपछि नेपालमा पनि नयाँ संक्रमित भेटिन थालेका छन्। सुनसरीमा मात्र पछिल्लो साता ११ जना कोरोना संक्रमित भेटिइ सकेका छन्। जसले गर्दा भारतबाट नेपाल आउनेलाई सीमा क्षेत्रमा कडाइ गर्न थालिएको छ।

पशुपतिनगरमा नेपाल–भारत सीमा विवाद, एसएसबीले स्वीकार्‍यो गल्ती

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालको पूर्वी सीमावर्ती क्षेत्रमा एकतर्फी रूपमा खम्बा गाढ्नु आफ्नो गल्ती भएको स्वीकारेको छ। सूर्योदय नगरपालिकाका जनप्रतिनिधि, स्थानीय, सशस्त्र र जनपद प्रहरीको टोलीसँग एसएसबीले आइन्दा सहमतिबिना दशगजामा कुनैपनि गतिविधि नगर्ने प्रतिबद्धता गरेको छ।

अब यी १० नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाइने

सरकारले १० वटा अन्तर्राष्ट्रिय स्थलगत सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ। नेपाल सकरार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गतेको निर्णयबाट २० वटा सीमा नाकाबाट नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको थियो।

रौतहटमा हजार बढीले कोरोना जितेर घर फर्किए

रौतहटको विभिन्न आइसोलेसनबाट सफल्तापुर्वक कोरोना माहामारीलाई जितेर अहिलेसम्म साढे ११ सय जना घर फर्केका छन् ।

भारतीय तटबन्धले बीस वर्षदेखि दिएको दु:ख

नेपालको सीमा मिचेर भारतले एकतर्फी रुपमा बनाएको तटबन्धले रौतहटको ईशनाथ नगरपालिकामा करिब पाँच सय बिघा जमिन डुबानमा पर्ने गरेको छ।

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण, एक भारतीयको मृत्यु, दुई गम्भीर

भारतीय नागरिकको समूहले आक्रमण गरेपछि सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर नाकामा खटिएका सशस्त्र प्रहरीको जवाफी कारबाहीमा एक भारतीय नागरिकको मृत्यु भएको छ। दुई भारतीय गम्भीर घाइते भएको उक्त झडपमा सशस्त्र प्रहरीका तीन सुरक्षाकर्मीसमेत घाइते भएका छन्।

नेपालसँगको असमझदारी आपसमा बसेर सुल्झाउँछौं : भारतीय रक्षामन्त्री

नेपाल र भारतबीच सीमा क्षेत्रको भूभागको स्वामित्वलाई लिएर विवाद बढिरहेको बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले यसलाई दुई मुलुक बसेर समाधान खोज्ने बताएका छन्।

सीमानाबाट नेपालीको प्रश्न : भारतले क्वारेन्टाइनमा नराख्ने, नेपालले फर्काइरहने हामी कहाँ जाउँ ?

रुपन्देहीको कोटहीमाइ गाँउपालिका १ रामनगरका उदयराज लोध र अशोक लोध गत मंसिरमा मजदुरीका लागि भारत गएका हुन्।

विवाद समाधानका लागि नेपालको प्रस्ताव भारतले वेवास्ता गर्‍यो : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली भूभागमा भारतीय पक्षले सडक निर्माण गरिरहेका बारेमा नेपाल सरकारलाई जानकारी भएको बताएका छन्।

लिपुलेकमा देश दुखेको छ

भारतले नेपाली भूभाग लिपुलेक भञ्ज्याङ हुँदै चीनको सीमासम्म कैलाश मानसरोवर सडक उद्घाटन गरी नेपालको सम्प्रभुतामाथि गम्भीर हस्तक्षेप गरेको छ।

परराष्ट्रमन्त्रीले संसदमा भने : भारतले बनाएको सडकको विषयमा सम्झौतारहित अडान राख्छौं

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपालको भूमि समेत प्रयोग गर्दै धार्चुलाबाट लिपुलेकसम्म जोड्ने नयाँ मार्ग बनाउन थालेको विषयबारे संसदमा जानकारी गराएका छन्।

नेपालको आपत्तिपछि भारतको प्रतिक्रिया : लिपुलेकको सडक भारतीय भूभागमा छ

नेपालको भूभाग लिपुलेकमा भारतले सडक विस्तार गरेको विषयमा नेपाल सरकारले आपत्ति जनाएलगत्तै भारतले त्यसमा प्रतिक्रिया जनाएको छ।

रुपन्देही, नवलपरासी र कपिलबस्तुका सीमानाकामा करिव तीन हजार नेपाली अलपत्र

रुपन्देहीको बेलहिया नाका पारी भारतीय बजार सुनौलीका सडक पेटीहरु केही दिन यता नेपालीहरुले भरीभराउ देखिन्छन्। त्यो हुलमा महिला बालबालिका र बृद्ध पनि छन। ती मध्ये केही भारत स्थित नौतनवाको क्वरेन्टाइनमा १४ दिन बसेर फर्केका हुन। केही भने दिल्ली,बम्बै,पञ्जाव,बैङलोर,लखनउ जस्ता शहरबाट सिधै आएका हुन्।

भारतीयले सीमानामा सशस्त्र प्रहरीको पोष्ट भत्काउन खोजेपछि हवाई फायर

लकडाउनमा भारतीय सीमाबाट नेपाल प्रवेश गर्नेलाई कडाइ गर्नको लागि निर्माण गरेको सुरक्षा पोष्टलाई भारतीयहरुले भत्काउन खोजेपछि सुरक्षाकर्मीले हवाई फायर गरेका छन्।

भारतमा बस्न दिँदैन, नेपाल छिर्न दिँदैन हामी कहाँ जाउँ ?

बन्दाबन्दीका कारण नेपाल–भारत सीमाक्षेत्र जयनगरमा आएर सिरहाका ३१ जना मजदुरहरु रोकिएका छन। उत्तरप्रदेश राज्यमा मजदुरी गर्दै आएका उनीहरु १५ दिन पैदल हिँडेर जयनगरसम्म आइपुगेका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्