अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४ पुग्यो
अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । बिहीबार थप एक जनामा कोरोना संक्रमण पोजेटिभ भएसंगै कोरोना संक्रमितको संख्या ४ पुगेको हो ।
अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । बिहीबार थप एक जनामा कोरोना संक्रमण पोजेटिभ भएसंगै कोरोना संक्रमितको संख्या ४ पुगेको हो ।
कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवा जिपेन्द्र राई डिस्चार्ज भएका छन् ।
कपिलवस्तुमा कोभिड-१९ थप १७ जना पोजेटिभ पुष्टि छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ४ सय ३१ पुगेको छ । बिहीवार दिउँसो १२ जना संक्रमित थपिएकोमा साँझ थप १७ जनामा कोरोना देखिएको हो । साँझ देखिएको १७ जना सबै संक्रमित कृष्णगनर नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ सय ६१ पुगेको छ। बिहिबार दिउँसो थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या ९ सय ६१ पुगेको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका प्रवतmा विजय झाले जानकारी दिए।
कर्णाली प्राविधिक शिक्षालय जुम्लामा निर्माण गरिएको एकीकृत क्वारेन्टिनमा पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएका १९ जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आइसोलेसनमा राखिएको छ । भारतबाट आएका १६ जना, सुरक्षाकर्मी दुई जना र एक जना स्वास्थ्यकर्मीलाई कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टिनबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको हो ।
बैतडीको पाटन नगरपालिका–८ का ३१ वर्षीय कोरोना संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
रोजगारीको क्रममा भारत गएका झापाका कचनकवल गाउँपालिकाका ऐयुब मियाँ घर फर्किंदा निकै दिन सीमापारि अलपत्र परे। घरनजिकै आइपुग्दा पनि आफ्नो भूमिमा पाइला टेक्न नपाउँदा उनी निकै रिसाएका थिए।
कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पुष्टि भएका १७ जनालाई मंगलबार साँझ जिल्ला कोभिड विशेष अस्पताल सिरहाको आइसोलेसनमा भर्ना गरियो । अस्पताल पुगेका उनीहरुलाई झुल, साबुन, पानीको बोतल, चाउचाउ र विस्कुटको एक एक प्याकेट दिएर आइसोलेसनमा भर्ना गर्यो ।
बैतडीका पहिलो कोरोना संक्रमित युवक १३ औं दिनमा डिस्चार्ज भएका छन् । जेठ ९ गते कोरोना पुष्टि भएका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकले १३ दिनमा कोरोना जितेर डिस्चार्ज गरिएको हो ।
कर्णालीमा कोरोना संक्रमितको संख्या २७१ पुगेको छ । बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेकी भक्तपुरकी कोरोना संक्रमित महिला गर्भवती रहेको खुलेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेल सुन्दरथलीकी ३० वर्षीया महिला नवौं महिनाकी गर्भवती रहेको सोही वडाका वडाअध्यक्ष श्यामसुन्दर धिमालले जानकारी गराए।
कोरोनाको ईपी सेन्टर बनेको कपिलस्तुमा मंगलवार साझ फेरि २८ जना संक्रमित भेटिएका छन् । यससंगै कपिलस्तुमा कोरोना संक्रमितको संख्या ३ सय ९३ पुगेका छ ।
कपिलवस्तुका कोरोनाको संक्रमण तीब्र गतिमा फैलिदै गएको छ । मंगलबार फेरी एकै दिन ४८ जना कोरोना संक्रमित भेटिएका छन्। यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ६५ पुगको हो । मंगलबार फेला परेका मध्ये १० महिनाको बालक, ८० वर्षीय बृद्ध र एक स्वास्थयकमीृ समेत रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रदेश २ म कोरोना संक्रमितको संख्या ८१५ पुगेको छ । मंगलबार दिउँसो थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या ८१५ पुगेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए ।
बैतडीको पाटनमा कोरोना संक्रमण पुष्टि भएका पुरुषको प्रत्यक्ष सम्पर्कमा रहेका ३१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । सोमबार पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा रहेका पाटन नगरपालिका ८ का ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।