३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

कपिलवस्तुमा संक्रमितको संख्या ३ सय ६५ पुग्यो

१० महिने बालक, ८० वर्षीय बुद्ध र महिला स्वास्थ्यकर्मी संक्रमित

कपिलवस्तुका कोरोनाको संक्रमण तीब्र गतिमा फैलिदै गएको छ । मंगलबार फेरी एकै दिन ४८ जना कोरोना संक्रमित भेटिएका छन्। यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ६५ पुगको हो । मंगलबार फेला परेका मध्ये १० महिनाको बालक, ८० वर्षीय बृद्ध र एक स्वास्थ्यकर्मी समेत रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

उनी स्वास्थयकर्मीकारुपमा दोश्रो संक्रमति हुन । मंगलवार दिउसो दुई पटक गरी सक्रमित थपिएका हुन । चार पालिकामा संक्रमित थपिएका हुन । शिवराज नगरपालिकामा एक जा महिला स्वास्थयकर्मीमा समते कोरोना भेटिएको छ । मायादेबी गाउपालिकामा एकै पटक ३२ जना संक्रमित थपिएका छन । १० महिने बालक , ८० वर्षीय बुद्ध सहीत नौ जना एकै परिवारको रहेको गाउपालिकाले जनाएको छ ।  मायादेवी गाउँपालिका १० महिनाको बालक देखि ८० बर्ष सम्मका ९ महिला र २२ पुरुष छन ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार वाणगंगा नगरपालिका वडा नं ४ का एकजनामा कोरोना देखिएको छ । उनी १६ वर्षीय पुरुष रहेका छन । यस्तै शिवराज नगरपालिकाका १५ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । जसमा वडा नं ३ का २०, २३ र २४ वर्षीय तीन जना पुरुष रहेका छन्। यस्तै वडा नं ४ का १८ र ४२ वर्षका दुई पुरुष रहेका छन्। वडा नं ५ का २४ र २८ वर्षका दुई महिला र २१ र ३० वर्षका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नं ६ का १९ वर्षीया १ महिलामा पनि कोरोना देखिएको छ । 

वडा नं ८ का २८ वर्षीय एक जना पुरुष, वडा नं १० का १७ वर्षीय एक जना पुरुष पनि संक्रमित भएका छन्। यसैगरी वडा नं ११ का १७, २३ र २९ वर्षीय तीन जना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ । यस्तै महाराजगञ्ज नगरपालिकाको वडा नं १० का १२ वर्षीय एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये २३ जना निको भई घर फर्केका छन्।

प्रकाशित: २० जेष्ठ २०७७ १९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App