२० वैशाख २०८१ बिहीबार
image/svg+xml

कबाडी गोदाममा अखाद्य तेलको कारोबार

राजेश चौरासियाको कवाडी कारोबार गर्ने गोदाममा अखाद्य तथा गुणस्तरहीन तेल जर्किनमा राखेर बिक्री गरिरहेको अवस्थामा व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । चावहिलस्थित भत्केको पुलमा चौरासियाको कवाडी गोदाममा ब्रान्ड नखुलेको तेल जर्किनमा लुकाएर बिक्री वितरण गर्ने गरीएको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

गोदाममै थन्कियो बाढीपीडितको राहत

जापान सरकारले तराईका बाढी पीडितका लागि उपलब्ध गराएको राहत सामग्री गोदाममै थन्किएको छ । गृह मन्त्रालयले निर्वाचन आचारसंहिता कारण देखाउँदै राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोदाममा थन्क्याएको हो।

जिआइजेडद्वारा निर्मित गोदामघर सरकारलाई हस्तान्तरण

रसुवामा विपद् व्यवस्थापनका लागि आवश्यक सामाग्री भण्डारण गरेर राख्ने उद्देश्यले गोदाम घरको निर्माण गरिएको छ। विपद व्यवस्थापनका लागि गोदाम घर नहुँदा विभिन्न कठिनाई भइरहेको अवस्थामा गोदाम घर निर्माणले विपद् पूर्वतयारीका सामाग्री सुरक्षित तथा व्यवस्थित गर्न सहज हुने विश्वास गरिएको छ।

अक्सफामको गोदाममा म्याद गुज्रिएका राहत सामग्री

भूकम्पपीडितलाई राहत वितरण र जीविकोपार्जनमा सहयोग पुर्‍याउन नुवाकोटमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था अक्सफामको गोदाममा रहेका राहत सामग्रीको म्याद गुज्रिएको छ।

दुगडको गोदाममा आगलागी

केएल दुगडको नेपालगन्ज, भुजईगाउँस्थित तेल तथा खाद्यान्न गोदाममा आगलागी भएको छ । आज (शनिबार) दिउँसो ४ः१५ बजे लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । बाँकेका प्रहरीप्रमुख एसपी टेकप्रसाद राईले आगो कसरी लाग्यो भन्नेबारे नखुलेको बताए ।

भूकम्पपछिको पुनर्निर्माण प्रभावित, काठको गोदाम रित्तै

वन मन्त्रालयले प्रशस्त काठ दिन नसक्दा भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक पुनःर्निर्माणमा बाधा उत्पन्न भएको छ । सरकारले निजी आवास बनाउन पीडितलाई ९० प्रतिशत अनुदानमा सालको काठ उपलब्ध गराउने घोषणा गरेको थियो ।

जुम्लामा संस्थानको चामल गोदाममै थन्कियो

कर्णालीका हुम्ला र डोल्पालगायतका जिल्लाका खाद्य संस्थानमा चामल नहुँदा उपभोक्ता मर्कामा परेको आवाज उठिरहेका बेला खाद्य संस्थान जुम्लामा भने चामल बिक्री नभई गोदाममै थन्किएको छ। संस्थानको कार्यालय जुम्लामा अघिल्लो आर्थिक वर्षको १९ सय क्विन्टल चामल मौज्दात रहेको हो।

सयौं क्विन्टल गोदाममा, केही बारीमै

मेची पहाडको मुख्य उत्पादनमध्ये एक अदुवा केही दिनभित्रै निकासी नखुले गोदाम या बारीमै सड्दै छ। साउन र भदौ अदुवाको माउ निकालेर बेच्ने मुख्य सिजन हो। पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङमा मुख्य उत्पादन हुने अदुवा खन्ने र बेच्ने चटारोमा रहेका किसानलाई भारतले एक्कासि आयात रोकेर संकटमा पारिदिएको थियो।

गोदाम र बारीमै कुहिँदै नेपालकाे अदुवा

हानीकारक विषादीको मात्रा पाइएको भन्दै भारतीय पक्षले नेपाली अदुवा भारत निर्यात रोकेपछि जिल्लाका हजारौं किसान र सयौैं व्यापारी मारमा परेका छन्। मध्यसिजनमै अदुवा निकासी रोकिएपछि किसानले झिकेर बेच्न ठिक्क पारेको अदुवा कुहिने डर उनीहरूलाई छ।

संघाइ ग्रुपको गोदामबाट सयौँ किलो लागूऔषध बरामद

काठमाडौं— संघाई गु्रप अन्र्तगत रहेको प्लाष्टिक उद्योगको गोदामबाट सयौं किलोग्राम लागुऔषध बनाउन प्रयोग हुने कच्चा पर्दाथ फेला परेको छ। प्रहरीले विशेष सूचनाका आधारमा लुकाएर राखेको अवस्थामा चारसय ७१ किलोग्राम लागुऔषध बरामद गरेको हो।

भूकम्पपीडितको राहत सामग्री क्षेत्रीय गोदाममै कुहियो

इटहरी– भूकम्पपीडितका लागि दाताबाट प्राप्त राहत सामग्री समयमै वितरण गर्न नसक्दा पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले सुनसरी इनरुवाको गोदाममा राखेको खाद्य सामग्री कुहिएर काम नलाग्ने भएको छ। उच्च प्रविधियुक्त गोदाम नहुँदा त्रिपाल, कम्बल, लत्ताकपडालगायतका सामान पनि मुसाले काट्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्