९ मंसिर २०८१ आइतबार
image/svg+xml

कोरोना त्रास निको हुने रोगबाटै हताहती खतरा बढ्दै

कोरोनाको सम्भावित महामारीसँग जुध्न संघर्ष गरिरहेको नेपालको स्वास्थसेवा प्रणालीले अन्य रोगको उपचारमा ध्यान दिन सकेको छैन । यसले गर्दा कोभिड १९ ले भन्दा पनि उपचारले निको हुन सक्ने तथा खोपले रोक्न सकिने रोगका कारण हताहती बढ्न सक्ने देखिएको छ ।

बोटमै हुर्कियो करोडौंको ‘फस्ट फ्लस’

निर्यातमा महत्वपूर्ण हिस्सा ओगटेको चियाको हरियोपत्ती टिप्न नपाउँदा करोडौं रुपैयाँको नोक्सान भएको छ। मुख्य उत्पादन हुने सिजनमै ‘लकडाउन’ भएका कारण वर्षकै गुणस्तरीय मानिने पहिलो टिपाइ (फस्ट फ्लस) नहुँदा हजारौं किसानको बगानमा हरियोपत्ती हुर्किएर गएको हो।

कोरोना त्रास र लकडाउनले समेत छेकेन चैते दशै मान्न डोल्पालीलाई

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासले सिंगो विश्व यत्तिखेर त्रसित छ। सरकारले पनि २५ जना भन्दा बढिको हुलमा मानिसहरु जम्मा नहुन र सुरक्षित मास्क लगाएर तिन मिटरको दुरीको फरक पारेर बस्न उर्दि जारी गरेको छ। देश पनि पूर्ण लकडाउनको अवस्थामा छ। शहरका बजार क्षेत्र र सडक मात्र नभएर ग्रामीण क्षेत्रका बजार, सडकमा पनि मानिसहरुको चहलपहल नहुँदा सुनसान छन्।

कोरोना त्रासले रातदिन खट्दै जनप्रतिनिधि

विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड-१९(कोरोना भाइरस)को त्रास जिल्लाभर बढीरहेको बेला जिल्लाका जनप्रतिनिधिहरु भने अहोरात्र प्रकोप रोकथामका लागि दौडधुप गरिहेका छन्। कोरोनाको त्रासका कारण सरकारले लामो समय विदा दिएपछि शहर र विदेशबाट समेत मानिसहरु जिल्ला तथा गाउँमा भित्रिएपछि यतिबेला अधिकांश जनप्रतिनिधिहरु हैरान बनेका छन्। उनीहरु हैरान नमानी प्रकोप रोकथाम गर्न र नागरिकलाई प्रकोपबाट जोगाउन यतिबेला दिनरात नभनिकन जिम्मेवारीमा खटिरहेका छन्।

‘लकडाउन’ प्रभावः सुनसान पशुपति क्षेत्र

कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि नेपाल सरकारले मङ्गलबारदेखि लकडाउन गरेको तेस्रो दिन बिहीबार पनि काठमाडौं सुनसान देखिएको छ।

६० शय्याको अस्पताल बनाइँदै

पोखराको मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा १५÷१५, चरक मेमोरियल अस्पतालमा ३०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल) मा १० र तनहँुँको जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा ३० गरी एक सय शय्याको आइसोलेसन वार्ड तयार पारिएको छ।

काेराेना त्रासले अदालत पनि बन्द हुन सक्ने

कोरोना भाइरस (कोभिड–१९) को त्रास बढिरहेका बेला सर्वोच्च अदालतले उच्च र जिल्ला अदालत बन्द गर्ने या सञ्चालन गर्ने भन्नेबारे शुक्रबार पूर्ण बैठक (फुल कोर्ट) बसेर निर्णय गर्ने भएको छ।

मैत्रीपूर्ण फुटबल स्थगित

नेपाली राष्ट्रिय फुटबल र इङ्ल्यान्डको ‘सी’ टोलीबीच हुने मैत्रीपूर्ण खेल कोरोना भाइरसको त्रास बढेसँगै स्थगित भएको छ।

बंशिलाघाटमा जन्तेढुंगा गाउँपालिकाको हेल्पडेस्क

कोरोना भाइरस भित्रिन नदिन खोटाङको जन्तेढुंगा गाउँपालिकाले प्रमुख नाकामा हेल्पडेक्स खडा गरेको छ। जताततै कोरोनाको त्रास फैलिरहेका बेला जन्तेढुंगा गाउँपालिकाले बराहपोखरी गाउँपालिका–५ पौवासेरामा पर्ने बंशिलाघाटमा स्वास्थ्यकर्मी खटाएर हेल्पडेस्क खडा गरेको हो। गत शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार बंशिलाघाटमा आइतबारदेखि हेल्पडेक्स स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए।

कोरोनाको सन्त्रासले घर फर्किदै नेपाली

कोरोनाको सन्त्रास फैलिएपछि रोजगारीका क्रममा भारतमा रहेका नेपालीहरु घर फर्किन थालेका छन्। विभिन्न सीमा नाकामा घर फर्किने नेपालीहरुको संख्या बढेको छ।

बसपार्कमा हेल्थ डेक्स, अस्पतालमा हात धोएर मात्रै प्रवेश

सिन्धुलीमा कोरोना भाइरस नियन्त्रणका लागि पूर्व तयारी थालिएको छ। कोरोना संक्रमणको खतरालाई मध्यनजर गरेर सिन्धुलीको बसपार्कमा हेल्थ डेक्स स्थापना भएको छ। चौतर्फी सवारी आवातजावत हुने बसपार्कमा आउने यात्रुहरुको सामान्य स्वास्थ्य जाँच गर्ने र ज्वरो तथा रुघाखोकी र ब्लडप्रेसरको समस्या देखिए तुरुन्त अस्पताल पठाउन हेल्थ डेक्स स्थापना गरि स्वास्थ्य जाँच सुरु भएको सामुदायिक प्रहरी सेवा केन्द्रले जनाएको छ।

संसद रोक्न संसदको माग

कोरोना भाइरस (कोभिड—१९) को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रियसभा सदस्यहरुले संसदको काम कारवाही रोक्नुपर्ने बताएका छन्। मंगलबार संघीय संसदबाहिर पत्रकारहरुसँग कुरा गर्दै सांसदहरुले विश्वभरी फैलिएको कोरोना संक्रमणको महामारीको सम्भावित जोखिमलाई ध्यान दिँदै संसदको कामकारवाही रोक्नुपर्ने बताएका हुन्।

मनोरञ्जन गतिविधि प्रभावित

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपछि भक्तपुर वरपर सञ्चालन हुने गरेका मनोरञ्जनात्मक गतिविधिहरू प्रभावित भएका छन्।

प्रदेश १: हल्ला धेरै, काम कम

सर्वसाधारणलाई कोरोना त्रासमा नपर्न आह्वान गर्दै विभिन्न कार्ययोजना सार्वजनिक गरेका प्रदेश र संघीय सरकारले अस्पतालमा गर्नैपर्ने तयारीमा भने पटक्कै चासो दिएका छैनन्।

ओलम्पिक सार्न दबाब छैन : आबे

कोरोना भाइरसका त्रासका कारण पछिल्लो केही दिनयता विश्वका प्राय सबै राष्ट्रहरूले पूर्वनिर्धारित सम्पूर्ण खेलकुदका गतिविधिमा रोक लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्