काठमाडौं - थ्रेसर मेसिनमा च्यापिएर शुक्रबार दिउँसो बाराको कलैया उपमहानगरपालिका २२ का २५ वर्षीय विजय कुशवाहाको खुट्टामा चोट लाग्यो। स्थानीय स्वास्थकर्मीले ३५ वटा टाँका लगाए। शनिबार बान्ता सुरु भएपछि उनलाई थप उपचारका लागि वीरगन्जको नेसनल मेडिकल कलेज टिचिङ अस्पताल पु¥याइयो र आकस्मिक उपचार कक्षमा भर्ना गरियो। तर आइतबारसुक्खा खोकी लाग्न र ज्वरो आउन थालेपछि अस्पतालले उपचार नगरी उनलाई काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर ग-यो। उनको उपचारका क्रममा राजधानी आउँदाआउँदै बाटोमै मृत्यु भयो।
विगत केही वर्षदेखि राष्ट्रिय मिर्गौला केन्द्रबालाजुमा नियमित रुपमा डायलाइलाइसिस गराइरहेका छवि गुरुङको अस्पतालसम्म पुग्न नसक्दा मृत्यु भयो। तीन घण्टा कुर्दा पनि एम्बुलेन्स नआएपछि गुरुङको मृत्युभएको राष्ट्रिय मिर्गौला पीडित सरोकार समाजका अध्यक्ष बलराम सुवेदीले बताए।
पर्साकोबहादुरमाई नगरपालिका १का २८ वर्षीय अनिल पटेललाई सोमबार श्वासप्रश्वासमा समस्या भयो। उनी वीरगन्जमा रहेको गण्डक अस्पताल पुगे। सो अस्पतालले भर्ना गर्न नमानेपछि उनी भवानी अस्पताल पुगे। त्यहाँ पनि आनाकानीदोहोरियो। संयोगबस उनलाई चिन्ने एकजना मानिस अस्पतालमा कार्यरत भएकाले सामान्य उपचार सम्भव भयो।
यी प्रतिनिधिमूलक घटनामात्र हुन्। कोरोनाको लक्षण भनेर देशका सरकारी तथा निजी अस्पतालले बिरामीको उपचार नगरी फर्काएका उदाहरण प्रशस्त छन्। कोरोनाको सम्भावित महामारीसँग जुध्न संघर्ष गरिरहेको नेपालको स्वास्थसेवा प्रणालीले अन्य रोगको उपचारमा ध्यान दिन सकेको छैन। यसले गर्दा कोभिड १९ले भन्दा पनि उपचारले निको हुन सक्ने तथा खोपले रोक्न सकिने रोगका कारण हताहती बढ्न सक्ने देखिएकोछ।
कोरोनाको संक्रमण रोक्न गत साताको मंगलबारदेखि देश लकडाउनमा छ।अवधि थपिएन भने लकडाउन चैत २४ सम्म रहनेछ। कोरोना संकट सुरु भएयता नियमित खोपसेवा अवरुद्ध छ। गर्भवती जाँच सेवा क्लिनिक पनि अधिकांशबन्द छन्।
‘कोभिड १९ले अरु त कुनै रोग नै होइनन् भन्ने भइसक्यो,’स्वास्थ्यअर्थशास्त्रका विशेषज्ञ त्रिभुवन विश्वविद्यालयका प्राध्यापक शिव अधिकारी भन्छन्,‘कोभिड १९ डरलाग्दो चुनौती हो तर यसलाई सम्बोधन गर्ने भनेर अन्य रोगकोप्राथमिकता घटाउन मिल्दैन। हामीले यसोगरेमा उपचारले निको हुन सक्ने रोगका कारण मर्नेको संख्या बढ्छ।’
‘जनस्वास्थ्यको वर्तमान संकटसँग जुध्न पनि नियमित सेवालाई उत्तिकै ध्यान दिनुपर्ने हुन्छ’, जनस्वास्थ विज्ञ तथा हर्ड इन्टरनेसनल नामक संस्थासँग सम्बद्ध डा.सुशील बराल भन्छन्,‘यो महामारी फैलिएको अवस्थामा नियमित स्वास्थ्यसेवा पु-याउने व्यवस्थामा झन् चुनौती थपिनेछ। यो सामान्य अवस्था भने होइन।’
चितवन मेडिकल कलेजका पल्मनरी तथा क्रिटिकल केयर विशेषज्ञ डा. शीतल अधिकारी महामारीका बेला संकट निम्त्याउने रोगको चर्चा र महत्व बढी हुनु स्वाभाविक भएको तर यसले अन्य रोगको उपचारमा दिने गरेको प्राथमिकता घटाउन नहुने बताउँछन्। कोभिडले विभिन्न देशमा मृत्यु भएका अधिकांश व्यक्ति पहिलेनै अरु रोगले ग्रसित भएको पाइएकाले पनि अरु रोगको उपचारमा कन्जुस्याइँ गर्न नहुने तर्क डा.अधिकारीको छ।
महामारीका बेला सम्बन्धित रोगले भन्दा अरु रोगका कारण बढी मानिसको मृत्यु हुनेगरेको तथ्यांक विश्व स्वास्थ्य संगठनसँग छ। संगठनले सोमवार विज्ञप्तिनै प्रकाशित गरेर कोभिडले संसारभरको स्वास्थ्य प्रणालीलाई प्रभावित गरेकालेयो रोगले भन्दा अन्य रोगले मर्नेको संख्या बढी हुन सक्ने संकेत गरेकोछ।
‘संसारका यसअघिका महामारीका अनुभवले के देखाएकोछ भने यस्तोे बेला भ्याक्सिन लगाएर रोक्न सकिने र उपचार गरेर सन्चो हुने रोगले धेरैको ज्यान लिने गरेकोछ,’ विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘सन् २०१४ र २०१५मा इबोला भाइरसको प्रकोप भएको बेला स्वास्थ्यसेवा प्रणाली असफल भएकाले यो भाइरसले भन्दा बढी दादुरा, एचआइभी एड्स र क्षयरोगका कारण मर्नेको संख्या अत्यधिक रहेको थियो।’ पश्चिमी अफ्रिकाका विभिन्न देशमा फैलिएको इबोला संक्रमणका कारण १३ हजार ३ सयजनाको ज्यान गएको थियो।
नेपाल सरकारले पनि तोकिएकाहब अस्पताललगायत प्रादेशिक एवं मेडिकल कलेज शिक्षण अस्पताललाई कोभिड क्लिनिकका अतिरिक्त अन्य आकस्मिक स्वास्थ्यसेवा सञ्चालन गर्न निर्देशन दिएकोछ। सोमबार सूचना प्रकाशित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै किसिमका अस्पतालले आकस्मिक उपचार तथा अन्य सेवा यथावत् सञ्चालन गर्न निर्देशन दिएको हो।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा संकटको यो घडीमा स्वास्थ्यसेवा प्रणालीले सबै रोगको उपचारलाई सम्बोधन गर्न आवश्यक रहेको बताउँछन्। ‘ज्वरो त अरु कारणले पनि आउँछ, ज्वरो आएको भनेर बिरामीको उपचार गर्न आनाकानी गर्न मिल्दैन, यो जिम्मेवारीबाट कुनै पनि अस्पतालले उन्मुक्ति पाउँदैनन्,’ उनले भने, ‘नेपाल सरकारले यसलाई गम्भीरतापूर्वक लिएको छ। हामी अनुगमन गरेर आवश्यक कारबाही गर्नेछौं।’
प्रकाशित: २० चैत्र २०७६ ०१:४४ बिहीबार