९ मंसिर २०८१ आइतबार
image/svg+xml

जुम्लामा त्रास कम, तयारी तीव्र

जुम्लाको तिला गाउँपालिकास्थित देउराली माध्यमिक विद्यालय जुम्लाकोटले हरेक दिनको पहिलो घण्टी कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायका बारेमा विद्यार्थीलाई पढाउन थालेको छ। कोरोना भाइरस, यसको लक्षण र बच्ने उपायका बारेमा विद्यार्थीलाई पहिलो घण्टीमा पढाउदै आएको हो। सँगै कोरोना भाइरसको उत्पत्ति र सर्ने तरिका बारेमा अभिभावकलाई पनि सचेत बनाउँछ।

कोरोना त्रास, पर्यटन प्रवर्द्धन कार्यक्रम अनिश्चित

नयाँ कोरोनाभाइरस संक्रमणको त्रासले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहरमा गरिने पर्यटन प्रवद्र्धन अनिश्चित बनेको छ। यहाँका व्यवसायीले यो बेला अन्तर्र्राष्ट्रिय सहरमा प्रवद्र्धनको तयारी गरे पनि भाइरस संक्रमणले अनिश्चित बनेको बताएका छन्।

सरकारले भन्यो – उपभोग्य वस्तुको अभाव छैन, बढी मूल्य लिए कारवाही भोग्नुपर्ला

सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

आधिकारिक सूचना संयन्त्रको अभाव

नोवल कोरोना विषाणुलाई लिएर आमनागरिकमा सन्त्रास फैलिरहँदा यसबारे आधिकारिक जानकारी दिने एकद्वार पोर्टलको अभाव छ।

चीनसँगका नाका बन्द गर्ने प्रदेश सरकारको निर्णय

कर्णाली प्रदेश सरकारले उत्तरी छिमेकी चीनसँगका सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि उत्तरतर्फका सीमा नाका बन्द गर्ने निर्णय गरेको हो।

जनमानसमा संन्त्रास, सरकार भन्छ– आत्तिनुपर्ने स्थिति छैन

गत साता विश्व स्वास्थ संगठनका महानिर्देशक टेड्रोस अभानोम घेव्रेससले कोरोनाभाईरस नियन्त्रणमा नेपालको प्रयासको सराहना गरे।

विदेश जाने ७५ प्रतिशतले घटे

नेपाली युवा पछिल्लो समय दैनिक एक हजार हाराहारीमा वैदेशिक रोजगारीमा जाने गरेका थिए। अहिले यो संख्या तीन सयभित्र झरिसकेको छ।

काठमाडौंबाट सुर्खेत गएका एकजनालाई आइसोलेसनमा राखियो

काठमाडौंबाट सुर्खेत आएका एक जनामा उच्च ज्वरो देखिएपछि उनलाई आइसोलेसनमा राखिएको छ। उनमा १०५ डिग्री ज्वरो देखिएको थियो। १०४ डिग्रीभन्दा बढी ज्वरो देखिएकालाई आइसोलेसनमा राखिने स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीले जानकारी दिइन्। ‘आइसोलेसनमा राखिएकोलाई कोरोना भाइरसको शंका गरिएको छैन,’ उनले भनिन्, ‘बनाएको मापदण्डभन्दा बढी ज्वरो देखिएपछि उनलाई निगरानीमा राखिएको हो।’

कोरोना त्रास: अपूरो संरचनामा पूर्व तयारी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाल पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएपछि पोखरामा सतर्कता अपनाउँदै पूर्वतयारी थालिएको छ।

कोरोना त्रासदी लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रमा देखापरेको असरले नेपालको आर्थिक वृद्धिदर पनि थप खस्कने देखिएको छ।

कोरोनाको त्रास : अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगित

कोरोना भाइरसको त्रासका कारण खोटाङमा अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरिएको छ। जताततै कोरोना भाइरस फैलिरहेको सन्दर्भमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको निर्देशन अनुशार जिल्लाका १० स्थानीय तहमा मनाउने तयारी गरिएको ११० औं अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरिएको हो।

कोरोना भाइरस : बढ्दै त्रास, तयारी सुस्त

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, करेलीकाँडा गाउँमा सोमबार भाइरल ज्वरोले ४० जनाभन्दा बढी स्थानीय थलिए। ज्वरो आउने, टाउको दुख्ने, रिंगाटा लाग्ने र वान्ता आउने लक्षण देखिएको उक्त प्रकोपपछि कोरोना भाइरस भएको भन्दै यहाँका स्थानीय त्रसित बने।

कोरोना त्रास, चीनसँगको नाकाबन्द गर्न सांसदको माग

कोरोना संक्रमण रोक्नका लागि चीनसँगका सीमा नाका बन्द गर्न कर्णाली प्रदेशका सांसदहरुले माग गरेका छन्। सांसदहरुले कर्णालीका हिमाली जिल्लाहरुमा विभिन्न रोगको संक्रमण बढ्दै गएकाले चीनसँगका सीमा नाकाहरु तत्कालका लागि बन्द गर्नुपर्ने बताइन्।

कोरोना त्रास : ठूला सभा सम्मेलन र भोजभतेर नगर्न सरकारको आग्रह

विश्वभरी कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले कुनै पनि ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गरेको छ।

दक्षिण कोरियामा रहेका नेपाली भन्छन्, ‘त्रासैत्रासमा काम गरिरहेका छौं’

दक्षिण काेरियामा कोरोनाको संक्रमण दिन प्रतिदिन फैलिन थालेपछि त्यहाँ रहेका नेपाली पनि त्रसित भएका छन्। उनीहरूले त्रासैत्रासमा काम गरिरहेकाे बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्