१० मंसिर २०८१ सोमबार
image/svg+xml

जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

प्राणघातक कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ। साथै बिटीएस कन्सर्ट समेतका सबै मनोरञ्जनात्मक कार्यक्रमहरु बन्द गरिएको छ भने मानिसहरु जमघट हुने ठूला कार्यक्रमहरुमा रोक लगाइएको छ।

कोरोना भाइरसको त्रास हटाउन घरघर पुगेर सचेतना

भक्तपुरको खरिपाटीलाई क्वारेन्टाइनस्थल बनाएसँंगै स्थानीय त्रसित हुने क्रम नरोकेपछि घरघरमा पुगेर जनचेतना दिने काम भएको छ। कोेरोना भाइरस आक्रान्त चीनमा रहेका नेपालीलाई उद्धार गरी भक्तपुरको खरिपाटीको क्वारेन्टाइनमा राखेसँंगै त्रसित हुन नछोडेपछि खरिपाटी आसपासका घरघरमा पुगेर जनचेतना जगाउने काम भएको हो।

बसाइँ सर्ने तयारीमा खरिपाटीवासी

सरकारले चीनबाट उद्धार गरी फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने भएपछि नोवल कोरोना भाइरस संक्रमणको त्रासले स्थानीय बसाइँसराइको तयारीमा जुटेका छन्।

भक्तपुरका जनतामा कोरोनाको त्रास

जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालीम केन्द्रको मुख्य गेटमै ठूलो कालो ब्यानर टाँगिएको छ। ब्यानरमा पाँच नारा लेखिएका छन्। गेटको दायाँबायाँ भित्ता र रूखमा पर्चा, पम्प्लेट टाँसिएका छन्।

वुहानबाट ल्याइने विद्यार्थीलाई राख्न १ सय ९९ बेडसहितको क्वारेन्टाइन तयार

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना प्रभावित क्षेत्र चीनको वुहानबाट ल्याइने विद्यार्थीहरुलाई राख्न क्वारेन्टाइनसहितको सम्पूर्ण पूर्वतयारीको काम सकिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ढकालले १ सय ९९ बेडसहितको क्वारेन्टाइनको व्यवस्था गरिएको बताएका हुन्।

चिनियाँलाई निषेध, ताइवानी ११३ जना २ घण्टा सीमामा रोकिए

कोरोना भाइरसको संक्रमण फैलने क्रम झनै बढ्न थालेपछि भारतले पनि सतर्कता बढाइएको छ। भारतमा कोरोना भाइरसको लक्षण देखिन थालेपछि नेपालबाट स्थलमार्ग भई भारत प्रवेश गर्ने चिनियाँ पर्यटकलाई बुधबारबाट भारत सरकारले प्रवेशमा रोक लगाएको हो।

चीनमा रहेका कर्णाली कामदार त्रसित

रोजगारका लागि चीनस्थित ताक्लाकोटलगायतका सहरमा पुगेका कर्णालीबासी कामदार त्यहाँ फैलिएको कोरोना भाइरसबाट त्रसित भएका छन्। उक्त भाइरस बढ्दै जाँदा उनीहरू त्रसित भएका हुन्।

चीनबाट उद्धारपछि राख्ने ठाउँ टुंगो लागेन

नोवल कोरोना भाइरसको महामारी फैलिएको चीनको हुबेई प्रान्तको वुहानमा रहेका नेपालीलाई स्वदेश फिर्ता गरेर कहाँ राख्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन।

चीनबाट फर्काइएका नेपालीलाई भक्तपुरमा राखिने भएपछी स्थानीयद्वारा नाराजुलुस

कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको हुवे प्रान्तको उहान र आसपासका नेपालीलाई त्यताबाट नेपाल ल्याई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधीकरणमा राखिने समाचार बाहिर आएपछि बुधबार स्थानीयबासीले विरोध जनाएका छन्। स्थानीयबासीले नाराजुलुश गरी त्यहाँं राख्न नदिने घोषणा गरेका हुन्।

कलैयामा जनचेतना कार्यक्रम

छिमेकी देश चीनमा महामारीको रुप लिएको कोरोना भाइरसबाट बच्न र सतर्क रहन जानकारी गराउन शनिबार कलैयामा जनचेतना कार्यक्रम गरिएको छ । कुनै पनि रोग लाग्नुभन्दा पहिला त्यसबाट बच्ने उपाय अपनाउँदा ती रोगबाट सजिलै बच्न सकिने भएकाले कोरोना भाइरसबाट बच्ने उपायबारे सबैलाई जानकारी गराइएको बाराका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताए ।

चीनमै रोकिए विमानस्थल बनाउने कामदार

निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका चिनियाँ कामदार चीनमै रोकिएका छन् । चीनमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण चिनियाँ नागरिकको आउजाउ रोकिएको छ । विमानस्थल निर्माणका लागि आउने तयारीमा रहेका थप कामदारसमेत आउन नपाएको विमानस्थल आयोजनाले जनाएको छ ।

साँझ परेपछि चितुवा कै त्रास

बीस महीनाको अवधिमा तनहुँका तीन पालिकामा चितुवाको आक्रमणबाट आठ बालबालिकाले ज्यान गुमाए। चितुवाको आक्रमणबाट भानु नगरपालिकामा ६, शुक्लागण्डकी नगरपालिकामा एक र आँबुखैरेनी गाउँपालिकामा एक बालबालिकाले ज्यान गुमाउनुपर्‍यो।

जंगलमा आगलागी हुँदा गाउँले त्रासित

समयमै आगो नियन्त्रणमा आउनाले जंगल नजिकै रहेको काँडाताली गाउँले ठूलो संकट बेहोर्नु परेन।

पाटे बाघको आक्रमणसंगै त्रासमा स्थानीय

बाँके र बर्दियामा वन्यजन्तुको आक्रमणमा मृत्यु हुने क्रम बढेपछि निकुञ्ज वरपरका स्थानीयवासी त्रसित छन्।

सडक दुर्घटनाको त्रासदी

दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बस आइतबार अरनिको राजमार्गको सुकुटेबाट सुनकोसीमा खस्दा १८ जनाको मृत्यु भएको छ। ५० जनाभन्दा बढी घाइते भएका छन्। ९ महिला र ७बालबालिकाले समेत उक्त दुर्घटनामा ज्यान गुमाएका छन्। कोही अझै पनि मृत्युसँग लड्न बाध्य छन् भने केही अंगभंगको अवस्थामा समेत देखिएका छन्। नजिकका अस्पताल र स्वास्थ्य निकायहरूमा उपचाररत केही फर्केका छन् भने केही कति दिन बस्नुपर्ने हो भन्ने जानकारविहीन अवस्थामा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्