९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

६० शय्याको अस्पताल बनाइँदै

पोखरा - कोरोना संक्रमितको उपचारका लागि पोखरामा ६० शड्ढयाको विशेष अस्पताल तयार गरिने भएको छ। कोरोनाका बिरामीको उपचारका लागि मात्र भनेर लेखनाथ सामुदायिक लायन्स अस्पताललाई विशिष्ट सेवासहित स्तरोन्नति गर्न थालिएको हो। त्यसबाहेक पोखराभित्रका अरू अस्पतालमा पनि एक सय शड्ढयाको आइसोलेसन वार्ड तयार पारिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार सो सामुदायिक लायन्स अस्पतालाई गण्डकी प्रदेशभित्रका कोरोनाका बिरामीको उपचारमा मात्र प्रयोग गर्ने तयारी भएको हो। यो अस्पताल ५० शड्ढयाको भए पनि त्यसको क्षमता बढाएर ६० शड्ढयाको पु¥याउन थालिएको छ।

कोरोनाका बिरामी आइहाले पहिलो चरणमा लायन्स अस्पतालमा राखेर उपचार गर्ने तयारी भएको उनले बताए। अन्य जिल्लाका बिरामी पनि पहिलो चरणमा यहीँ आउन सक्ने उनले जानकारी दिए। तर, प्रदेशका अरू जिल्लाका अस्पतालले पनि आइसोलेसन वार्ड तयार पारेकाले अन्यत्रका बिरामीले स्थानीय अस्पतालमै पनि उपचार गराउनसक्ने उनले बताए। ‘पहिलो चरणमा लेखनाथ सामुदायिक लायन्स अस्पतालमा उपचार हुनेछ। संक्रमित बढ्दै गएर लेखनाथको अस्पतालले थेग्न नसके अरू अस्पतालमा बिरामी पठाइनेछ,’ शर्माले भने, ‘सो अस्पतालमा कोरोना संक्रमितको मात्र उपचार हुँदा अन्य अस्पतालमा रहेका अरू रोगका बिरामीले त्रसित हुनुनपर्ने अवस्था आउनेछ।’ सबैखाले बिरामीलाई एउटै अस्पतालमा उपचार गर्दा झनै संक्रमण फैलिने डर भएकाले पहिलो चरणमा लेखनाथको सामुदायिक अस्पतालमा मात्र कोरोनाका बिरामीको उपचार गरिने उनले बताए। लायन्स अस्पतालमा ८ शड्ढयाको आइसियूसहित पोस्टअप वार्ड पनि तयार हुनेछ।

पोखराको मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा १५÷१५, चरक मेमोरियल अस्पतालमा ३०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल) मा १० र तनहँको जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा ३० गरी एक सय शय्याको आइसोलेसन वार्ड तयार पारिएको छ।

संक्रमित थपिएर ६० शड्ढयाले नपुगे मात्र आइसोलेसन तयार पारेका पोखरा क्षेत्रका अन्य अस्पतालमा पनि बिरामी पठाइने उनले जानकारी दिए। पोखरामा चार र तनहुँमा एक गरी विभिन्न पाँचवटा अस्पतालमा एक सय शड्ढयाको आइसोलेसन वार्ड तयार पारिएको छ। शर्माका अनुसार पोखराको मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा १५÷१५, चरक मेमोरियल अस्पतालमा ३०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल) मा १० र तनहँुँको जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा ३० गरी एक सय शड्ढयाको आइसोलेसन वार्ड तयार पारिएको छ। अहिले आइसोलेसन तयार भएका सबै अस्पतालले पनि बिरामी थेग्न नसकेको खण्डमा करिब ५ सय शड्ढयाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान नै प्रयोगमा ल्याउन सकिने पनि उनले बताए।

‘अहिलेका लागि विशेष अस्पताल नहुने हो भने बिरामीलाई कता जाने र के गर्ने भन्ने अन्योल निम्तिन सक्छ। त्यही भएर हामीले लेखनाथको लायन्स अस्पताललाई पहिलो चरणमा छुट्याएका हौं। कम्तीमा ६० जना बिरामी पहिलो चरणमा लेखनाथ पठाउन सकिन्छ,’ उनले भने, ‘त्यसपछि पनि अपुग भए बल्ल अन्य अस्पतालमा उपचार गर्ने हो।’

गण्डकी प्रदेश एकीकृत चिकित्सा महाशाखाका प्रमुख डा. रामबहादुर केसीले पनि लेखनाथको सामुदायिक अस्पताललाई कोरोनाका बिरामीका लागि विशेष अस्पताल बनाउने गरी आवश्यक भेन्टिलेटरसहितका उपकरण व्यवस्थापनमा जुटेको बताए। ‘आइसियू र भेन्टिलेटरका लागि आवश्यक उपकरणका लागि प्रस्ताव गरेका छौं। केही दिनभित्रै ती उपकरण आइसक्ने र अस्पताल तयार हुनेछ। सबै बिरामीलाई एकै ठाउँमा उपचार गर्दा कोरोनाका संक्रमितसँग अरू तर्सिने अवस्था आउँछ। त्यसैले पनि भिन्दै ठाउँमा विशेष अस्पताल चाहिएको हो,’ केसीले भने, ‘पहिलो चरणमा ६० शड्ढयाको अस्पताल उपयोग हुन्छ। संक्रमित बढे अरू अस्पताल पनि तयार पार्नेछौं। तर, लेखनाथमा कोरोना संक्रमितको मात्र उपचार हुनेछ।’

सम्भावित बिरामीलाई राख्ने क्वारेन्टाइनको व्यवस्थापन भने अझै भइनसकेको प्रदेश सरकारले बताएको छ। क्वारेन्टाइनका लागि ठाउँ छनोट गरिसके पनि पूर्वाधार भने तयार नभइसकेको प्रदेश सरकारको भनाइ छ। अहिले आइसोलेसन तयार भएका बाहेक पोखरामा सञ्चालित सबै निजी अस्पताललाई कम्तीमा ५ शड्ढयाको आइसोलेसन वार्ड तयार पार्न निर्देशन दिइएको छ। पोखरामा २५ शैड्ढयामाथि सञ्चालित सबै अस्पतालले अनिवार्य रूपमा ५ शड्ढयाको आइसोलेसन वार्ड तयार पार्ने भएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाग्लुङको अञ्चल अस्पताललाई हब बनाउँदै अरू जिल्लाका २७ वटा अस्पतालालाई स्याटेलाइट अस्पतालको रूपमा सञ्चालनमा ल्याउने पनि डा. केसीले बताए।

क्वारेन्टाइनका लागि पोखराको स्वास्थ्य तालिम केन्द्र, शिक्षा, वन, कृषि र भेटेरिनरी तालिम केन्द्रलाई पनि उपयोग गर्न सकिने शर्माले बताए। त्यसबाहेक सशस्त्र प्रहरीको विपद् व्यवस्थापन केन्द्रको मालेपाटनस्थित गोदाम घरलाई पनि उपयोग गर्न सकिने उनले जानकारी दिए।

प्रकाशित: ९ चैत्र २०७६ ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App