९ वैशाख २०८२ मंगलबार
image/svg+xml २२:१७ अपराह्न

कोरोना भाइरसबाट विश्वमा ३ लाख ८३ हजार भन्दा बढीको मृत्यु, करिब ६५ लाख संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८३ हजार ७२ पुगेको छ भने, संक्रमितको संख्या ६४ लाख ८२ हजार ६९५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ।

रौतहटमा एकै दिन थपिए ३५ कोरोना संक्रमित

रौतहटमा एकै दिन ३५ जना कोरोना संक्रमित पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन् । बुधबार रौतहटमा ३५ जना थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ ।

पहाड उक्लिदै कोरोना संक्रमण

स्याङजामा मंगलबार दुईजना युवामा कोरोना संक्रमण पुष्टि भयो । केहीदिन अघि भारतबाट आएका उनीहरुको स्वाब पोखराको प्रयोगशालामा परीक्षणको क्रममा संक्रमण पुष्टि भएको थियो । स्याङजाको वालिङ नगरपालिका–७ का २० र २९ वर्षिय ती युवामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशका सातजनामा संक्रमण पुष्टि भएको छ ।

सप्तरीमा ११ जना संक्रमित थपियो

सप्तरीमा मंगलबार दिउँसो ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या १५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवकाअनुसार सप्तरीको बोदेबरसाइन नगरपालिकाका ८ जना, बलान बिहुल गाउँपालिकाका २ जना र सुरुङ्गा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

रौतहटमा संक्रमितको संख्या ६९ पुग्यो

रौतहटमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबार एकै दिन २२ जना संक्रमित थपिएपछि जिल्लामा संक्रमितको संख्या ६९ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

नेपाली सेनाका दुई जवान सहित थप पाँच जना कोरोना संक्रमित

मंगलबार थपिएको कोरोना भाइरसको संक्रमित सँगै जिल्लामा संक्रमितको संख्या ४७ पुगेको छ। जिल्ला प्रहरी कार्यालय कलैया, बारामा कार्यरत प्रहरी निरिक्षक सहित सात जना सुरक्षाकर्मीहरू संक्रमित भएका छन्।जस मध्ये एकको मृत्यु भएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन्।

कोरोना अपडेटः विश्वभर ३ लाख ४६ हजारको मृत्यु, अमेरिकामा मृतकको संख्या एक लाख नजिक (अपडेट)

कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५५ लाख नाघेको छ।

कोरोना अपडेटः विश्वभर संक्रमित ५४ लाखको हाराहारीमा, ३ लाख ४४ हजारको मृत्यु

कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५४ लाख नाघेको छ।

कोरोना अपडेटः विश्वभर संक्रमित ५१ लाख बढी, ३ लाख २९ हजारको मृत्यु

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख ४७४ जना नयाँ संक्रमित भेटिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्