१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

सप्तरीमा ११ जना संक्रमित थपियो

सप्तरीमा मंगलबार दिउँसो ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या १५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवकाअनुसार सप्तरीको बोदेबरसाइन नगरपालिकाका ८ जना, बलान बिहुल गाउँपालिकाका २ जना र सुरुङ्गा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

उनीहरु सबै क्वारेन्टिनमा बसेका छन । यसअघि सिरहाका ५ जना, धनुषाका १ जना, महोत्तरीका २ जना, रौतहटका २२ जना र बाराका ५ मा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । यो संगै प्रदेश २ मा संक्रमितको संख्या २७८ पुगेको छ ।

प्रकाशित: १३ जेष्ठ २०७७ १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App