७ वैशाख २०८१ शुक्रबार
समाज

नेपाली सेनाका दुई जवान सहित थप पाँच जना कोरोना संक्रमित

पचरौता नगरपालिकाले संचालन गरेको क्वारेन्टिनमा रहेकोहरूको कोरोना परिक्षण गर्नको लागि स्वाब संकलन गर्दे स्वास्थ्यकर्मी। तस्बिर : नागरिक

पचरौता नगरपालिकाको क्वारेन्टिनमा खटिएका नेपाली सेनाका दुई जवान सहित पाँच जना कोरोनाबाट संक्रमित बनेको पुष्टि भएके छ। मंगलबार थपिएको कोरोना भाइरसको संक्रमित सँगै जिल्लामा संक्रमितको संख्या ४७ पुगेको छ। जिल्ला प्रहरी कार्यालय कलैया, बारामा कार्यरत प्रहरी निरिक्षक सहित सात जना सुरक्षाकर्मीहरू संक्रमित भएका छन्।जस मध्ये एकको मृत्यु भएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन्।  

मंगलबार थपिएको संक्रमित मध्ये नेपाली सेनाका दुई जवान र भारतबाट मजदुरी गरेर फर्केका तीन जना रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताएका छन्।  

कोरोना संक्रमित भएका सेनाका ३५ र ३६ वर्षीय जवानहरू डेढ महिना देखि क्वारेन्टिनको सुरक्षामा खटिएका थिए भने भारतबाट मजदुरी गरेर फर्केका पचरौता नगरपालिका १ का ३० ,३५ वर्षीय पुरुष र वडा नम्बर २ का १९ वर्षीय पुरुष रहेका पचरौता नगरपालिका प्रमुख रमेश प्रसाद यादवले बताएका छन्।

तीनै जना पुरुष वैशाख ३१ गते भारतबाट नेपाल प्रवेश गर्दा नेपाल राष्ट्रिय माध्यमीक बिद्यालय पिपरपाती पचरौतामा सन्चालन गरिएको क्वारेन्टिनमा यिनीहरूलाई राखिएको उनले बताए।

क्वारेन्टिनमा बसेकाहरू सहित चेकजाँच गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू गरेर ५८ जनाको गत जेठ ७ गते स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला पठाइएको प्रमुख यादवले बताए।

स्वाब पठाइएको मध्ये ४९ जनाको रिपोर्ट आएकोमा ५ जना संक्रमित देखिएको र बाँकी ९ जनाको रिपोर्ट आउने बाँकी रहेको उनको भनाई छ।

सेनाका जवानहरूलाई वीरगन्जको गण्डक कोरोना अस्पतालमा लगिएको छ भने तीनजना स्थानीयलाई कलैया अस्पतालमा थप उपचारको लागि ल्याइएको बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताए।

प्रकाशित: १३ जेष्ठ २०७७ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App