coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना भाइरसबाट विश्वमा ३ लाख ८३ हजार भन्दा बढीको मृत्यु, करिब ६५ लाख संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८३ हजार ७२ पुगेको छ भने, संक्रमितको संख्या ६४ लाख ८२ हजार ६९५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ।  

नेपाली समयानुसार बुधबार साँझसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३० लाख ८९ हजार १०१ जना निको भएका छन्।। हालसम्म कोरोना भाइरस संक्रमित ५४ हजार ४९३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ८१ हजार ४८२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ। यस प्रकोपको कारण अमेरिकामा १ लाख ८ हजार ८३ व्यक्तिको मृत्यु भएको छ।

दक्षिणमा अमेरिकामा ९ लाख ४७ हजार ७५९ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ ४२ हजार ७२२ को मृत्यु भएको छ। युरोपमा २० लाख २४ हजार १४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७५ हजार ८७३ को मृत्यु भएको छ।

एसियामा १२ लाख १५ हजार १६२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३२ हजार १३९ जनाको मृत्यु भएको छ।

प्रकाशित: २१ जेष्ठ २०७७ १३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App