१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसका १६२ उम्मेदवार, महिला नेतृको संख्या १० मात्रै !

कांग्रेसको विशेष महाधिवेशनमा सहभागी । फाइल तस्बिर

आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले देशभर १६२ जनालाई उम्मेदवार बनाएको छ ।  

यो उम्मेदवारी संख्यामा १५२ जना पुरुष छन् भने महिलाको संख्या १० मात्र देखिएको छ । लैंगिक समानताका विषय जोडतोडले उठ्ने बेलामा उम्मेदवार चयनमा भने त्यस्तो पाइएको छैन ।  

अहिले झापा र काठमाडौंमा दुई/दुई जना, सिराहा,सिन्धुली, मकवानपुर, चितवन, रुकुमपूर्व र दैलेखमा एक एक जना उम्मेदवार उठाएको छ ।  

यी हुन् कांग्रेसले उठाएका १० महिला उम्मेदवार

नेपाली कांग्रेसले १० जना महिलालाई उम्मेदवार बनाएको छ । ती मध्ये झापा-२ सरिता प्रसाईं, झापा-५बाट मन्धरा चिमरिया उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै सिराहा-४बाट चन्द्रकलाकुमारी यादव, सिन्धुली-२बाट सुशीला थिङ, मकवानपुर-१बाट महालक्ष्मी उपाध्याय ‘डिना’ले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंबाट पनि दुई जना उम्मेदवार चयन भएका छन् । काठमाडौं-८ बाट सपना राजभण्डारी, काठमाडौं-९ बाट नानु बास्तोलाको उम्मेदवारी परेको छ ।  

त्यस्तै चितवन-२बाट मिनाकुमारी खरेल, रुकुमपूर्वबाट कुशुमदेवी थापा मगर, दैलेख-१बाट वासना थापाको उम्मेदवारी परेको छ।

प्रकाशित: ६ माघ २०८२ १८:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App