२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

मुख्य राजमार्ग हिलाम्य हुँदा दुई जिल्लाको जनजीवन कष्टकर

भोजपुर सदरमुकामबाट पूर्वी क्षेत्र हुँदै धनकुटाको सिमाना अरुण नदीको लेगुवाघाटसम्मको भोजपुर खण्डमा पर्ने ६६ किलोमिटर सडक कालोपत्र छ। तर धनकुटाको लेगुवा–हिले सडकखण्डको करिब २६ किलोमिटर निर्माणमा ढिलाइ हुँदा भोजपुर, सङ्खुवासभाका र धनकुटाका विभिन्न स्थानीयतहका स्थानीयवासी मारमा परेका छन्।

बर्षादको बर्बादी

यस्तै ठूलो वर्षा हुने हो भने भविष्यमा अनेक संकट आउने देखिन्छ। आकासबाट परेको पानीको उचित निकास, जमिनमा पानी सोस्न सक्ने व्यवस्था र पूर्वाधार निर्माणमा थप सजगता आवश्यक भइसकेको छ। अन्यथा, राजधानीबासी बर्षादका बेला राम्ररी निदाउन नसक्ने अवस्था आउन सक्छ।

निरन्तर वर्षाले उदयपुरको जनजीवन प्रभावित

दिनहुँजसो भईरहेको वर्षाका कारण आन्तरिक सडकहरु भत्के बिग्रेर सदरमुकामदेखि अन्य स्थानीतहबीच आवतजावतमा समस्या उत्पन्न भएको छ भने नगर गाउँपालिकाहरुका आन्तरिक सडकहरु अवरुद्ध हुन पुगेका छन्।

ताप्लेजुङको विभिन्न स्थानमा हिमपात, जनजीवन प्रभावित

अहिले करिब एक फिटसम्म हिउँ जमेको छ।' सबैतिर सिसाजस्तै हिउँ जमेको शेर्पाले बताए। पानीका मुहान सबै जमेपछि खानेपानीसमेत समस्या परेको उनले बताए। उनले भने, 'चिसोका कारणले घर बाहिर निस्किनै सकिँदैन। घरभित्र आगो तापेर बस्नुपर्छ।' जनजीवन निकै प्रभावित भएको उनले बताए।

डोल्पामा पहिलो पटक हिमपात, जनजीवन कष्टकर

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा वर्षको पहिलो पटक हिमपात भएको छ। बिहीबार रातीबाट परेको अविरल वर्षाका कारण डोल्पामा हिमपात भएको हो। विगतका वर्षहरुमा मंसिरको पहिलो हप्तामै हिमपातले सेताम्य बन्ने डोल्पाका गाउँबस्ती र डाँडाकाडा पुस महिनामा समेत हिउँ नपरेर नाङ्गा र सुख्खा भएर उजाड देखिएका बेला माघको अन्त्यतीर परेको हिमपातले डाँडाकाडा सेताम्य भएका छन्।

हुम्लामा चिसोले जनजीवन कष्टकर

हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो।

न्यूजील्यान्डको अकल्यान्डमा जनजीवन सहज

न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले न्यूजील्यान्डको अकल्यान्डमा कोरोनाभाइरस संक्रमण दरमा उल्लेखनीय रुपमा सुधार आएको भन्दै निषेधाज्ञाहरु खुकुलो बनाइएको घोषणा गरेकी छन्।

कोराना हटाेस् भन्दै विशेष पुजा

विश्वभर फैलिएको कोराना भाइरस नलागोस भन्नका लागि जुम्लाको मुगाली बौद्ध मार्गी गुम्बामा विशेष पुजा शुरु भएको छ । अहिले कोराना भाइरसले जनजीवन प्रभावित भइरहेको भन्दै कर्णालीबासीमा कोराना रोग संक्रमण नहोस भन्नका लागि विशेष पुजा शुरु भएको हो । यो पुजा ३ दिन सम्म चल्नेछ ।

जनजीवन विस्तारै सामान्य बन्दै

हालसम्म कोरोना भाइरस नदेखिएको रसुवा जिल्लाको जनजीवन विस्तारै सामान्य हुँदै जान थालेको छ। केहिदिन अघिसम्म कोरोना भित्रने त्रासमा रहेका जिल्लाबासी अहिले नियमित काममा फर्किएका छन्। बजार खुल्न थालेका छन्। बिहान बेलुकी मात्र सडकमा नागरिक देखिँदै आएकोमा अहिले दिउँसो पनि बजार खुल्न थालेको छ।

सामान्य जीवनका सावधानी

अन्ततः सरकारले कोरोना भाइरस संक्रमण रोक्न गरेको बन्दाबन्दी (लकडाउन) को असीऔँ दिनमा पुगेर खुकुलो पार्ने निर्णय गरेको छ। निःसन्देह बन्दाबन्दीले जनजीवन कष्टकर बनाएको छ।

इन्डोनेसियाका मस्जिदहरुमा प्रार्थना गर्न छुट, विश्वभर जनजीवन सहज बन्दै

इन्डोनेसियाको राजधानी जकार्तामा मुस्लिम समुदायले नौ हप्तापछि पहिलो पटक मस्जिदहरुमा सामूहिक प्रार्थना गरेका छन्। कोरोनाभाइरसका कारण बन्द गरिएका मस्जिदहरु पुनः खुला गरिएको हो।

बन्दाबन्दी नहोस् फन्दाफन्दी

सुरक्षा फौजले लगाउने बर्दीले कोभिड–१९ नामक भाइरस पटक्कै डराउने छैन। यसरी संक्रमित भएर ठूलो संख्यामा सुरक्षा फौज बस्नुप-यो भने झन संकट आउनेछ।

शिवाई र मोथियाही सुरक्षित, उदयपुरको जनजीवन सामान्य बन्दै

पछिल्लो पटक पठाइएको सबै स्वाबको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि कोरोना भाइरस (कोभिड–१९) को ‘हटस्पट’ बनेको भुल्के नजिकैको मोथियाही र भारतीय धर्म प्रचारकको प्रवेश विन्दु शिवाई सुरक्षित पाइएको छ । त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा भेटिएका १२ भारतीयसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सीमा जोडिएको त्रियगा २ मोथियाही र सुरुमा भारतीय प्रवेश गर्दा बसेको चौदण्डीगढी नगरपालिका ५ शिवाईबासीको रिपोर्ट नेगेटिभ आएको हो ।

लकडाउनको १६औं दिन : सुनसान काठमाडौं

नेपालमा कोरोना संक्रमण देखिएपछि सरकारले घोषणा गरेको लकडाउन आज १६औं दिन पनि जारी रहेको छ। चैत ११ गते विहान ६ बजेबाट लागू हुनेगरी एक हप्ताका लागि घोषणा गरिएको लकडाउनको अवधि सरकारले तेस्रो पटक थप गरेर आगामी वर्षको वैशाख ३ गतेसम्म जारी रहने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्