coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोराना हटाेस् भन्दै विशेष पुजा

विश्वभर फैलिएको कोराना भाइरस नलागोस भन्नका लागि जुम्लाको मुगाली बौद्ध मार्गी गुम्बामा विशेष पुजा शुरु भएको छ । अहिले कोराना भाइरसले जनजीवन प्रभावित भइरहेको भन्दै कर्णालीबासीमा कोराना रोग संक्रमण नहोस भन्नका लागि विशेष पुजा शुरु भएको हो । यो पुजा ३ दिन सम्म चल्नेछ । चन्दननाथ नगरपालिका १ का उग्रेन तामाङ कोराना भाइरसको प्रभाव कम होस भन्नका लागि घरघरबाट चन्दा उठाएर विशेष पुजा शुरु भएको बताउँछन् ।

उनले भने, ‘कोराना भाइरसले जनजीवन जोखिममा छ । अहिले संक्रमितको संख्या बढिरहेको छ । मृतकको संख्या पनि बढिरहेकोले कोराना भाइरस नफैलने शक्ति प्रदानका लागि पुजाको आयोजना गरेका छौं ।’

गाउँगाउँमा त्रास फैलिएको छ । घरघरमा सचेतनाको लागि सन्देश प्रवाह भइरहेकोछ । विद्यालयमा क्वारेन्टिन बनेका छन् । विद्यार्थीको पठनपाठन बन्दछ । सामुदायिक तथा संस्थागत भवन क्वारेन्टिन तथा आइसोलेसनका लागि प्रयोगमा आइरहेका छन् । यो अवस्था छिटो अन्त्य होस भन्नका लागि विशेष पुजा गर्न थालिएको मुगाली बौद्ध मार्गी समाजका अध्यक्ष नुर्बु अङदी  तामाङले जानकारी दिए ।

यो पुजा गर्नका लागि मुगालीहरूले आफ्नो गच्छे अनुसारको आर्थिक सहयोग गरेका छन् । जुम्ला सदरमुकाम खलंगा भित्र बसोबास गर्दै आइराखेका १ सय २० घरले पुजाको लागि चन्दा उठाएका छन् । अध्यक्ष तामाङ कोरानाका कारण दैनिकी कष्टकर बनिरहेको बताउँछन् ।  

उनले भने,‘यो रोगको उपचार औषधि अझैसम्म पत्ता लागेको छैन्। लकडाउन नै उत्तम विकल्प मानिएको छ । सिंगो देश लकडाउन हुँदा दैनिक उपभोग्य सामाग्री जुटाउन समस्या भइरहेको छ । यो रोगका कारण भोकमरी सिर्जना भइरहेको छ । त्यो निकै पिडादायक अवस्थाको अन्त्य भई जनजीवन पहिलेकै अवस्थामा आओस भन्ने कामना समेत गरिएको छ ।’

यसअघि जुम्लाको टोली बडिमालिका जाँदा पनि कोराना भाइरसको अन्त्य होस भन्ने कामना गरिएको थियो । गाउँगाउँमा देवि देवताका मन्दिरमा पुजापाठ गर्दा पनि कोराना भाइरस नष्ट भएर जाउन भन्ने कामना गर्दै आइराखेका छन् ।

जुम्लाका ८ सय क्वारेन्टिन छन् । एक सय २० आइसोलेसन कक्ष छन् । ६९ जना संक्रमित निको भएर घर फर्किएका छन् । हाल जुम्लामा कोराना संक्रमित छैनन् । आगामी दिनमा पनि कोराना मुक्त जिल्ला कायम होस भन्नका लागि भाकल गरिएको हो । यो विशेष पुजाले कोरानाविरुद्ध लड्ने शक्ति प्राप्त होस भन्ने पनि प्राथना गरिएको छ ।  

विशेष पुजामा सामाजिक तथा ब्यक्तिगत दुरी काम गर्न अधिकतम प्रयत्न भइरहेको अध्यक्ष तामाङ बताउँछन् । जिल्ला प्रशासन कार्यालय जुम्लाले पुजाआजा गर्दा, भेला, गोष्ठी, सभा सम्मेलन गर्दा सामाजिक तथा ब्यक्तिगत दुरी अनिवार्य कायम राख्नु पर्ने निर्देशन गरेको छ । अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्न आग्रह गरेका्े छ ।

प्रकाशित: २१ श्रावण २०७७ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App