२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पोखरामा दशकपछि ठूलो बर्षा

पोखरामा एकदशकपछि शुक्रबार ठूलो बर्षा भएको छ । पोखरामा पछिल्लो २४ घण्टामा २७९ मिलिमिटर बर्षा भएको हो । पोखराको मालेपाटनमा सबैभन्दा बढी २७९ मिलिमिटर बर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले बताएको छ ।

अविरल बर्षाका कारण रौतहटकोे जनजीवन प्रभावित

अविरल बर्षाका कारण रौतहट जिल्लाको जनजीवन प्रभावित भएको छ। जंगल क्षेत्रमा भएको बर्षाको पानीबाट पूर्व पश्चिम राजमार्गमा सडक खण्ड अन्तर्गत जुडिवेला पौराइ सडक खण्डमा पर्ने लचकाको माथिबाट पानीको बहाब तिब्र भएकोले राजमार्ग भएर चल्ने यातायात अवरुद्ध भएको छ।

३६ हजार भन्दा बढी घरधुरी बाढीको जोखिममा

बर्षायाममा पानी पर्दा नदीहरुमा बाढी आउनु स्वभाविक मानिन्छ । तर, पूर्वमा सप्तकोशी, बुढी खोला, सुनसरी खोला, सेरालगायतका नदीमा पानीको बहाव बढ्नासाथ आसपासका बासीन्दालाई भने ठूलै चिन्ताले सताउने गर्छ ।

निरन्तरको बर्षाले पहाडी भेगका सडक अस्तव्यस्त

बर्षा सुरु भएसँगै उदयपुरको पहाडी भेगका सडकहरु पहिरो र हिलोले अस्तव्यस्त बन्न पुगेका छन् । विगत वर्षको दाँजोमा यसपाली छिट्टै बर्षा सुरु भएपछि पहाडी भेगका अधिकांश कच्ची सडकहरु पहिरो जाने, पुरिने र हिलाम्य हुनुले यातायात आउजाउमा कठिनाई आईपरेको हो ।

लगातारको बर्षाले त्रास थपिदै

लगातारको बर्षाका कारण पहाडी भेगमा पहिरो र तराइमा बाढीको जोखिम बढ्दै गएको छ । अविरल बर्षाका कारण प्रदेश ५ का ठूला नदीहरुमा पानीको बहाव बढ्न थालेको छ ।

फेरि सुरु भयो ढलबाट मानिस मर्ने क्रम

बर्षायामसँंगै ढलमा खसेर अनाहकमा मानिसको ज्यान जाने क्रम प्रत्येक वर्ष जस्तै यो वर्ष पनि सुरु भएको छ । बुधबार अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेवी घलाँंटेमा ढलमा खसेर एक जना मानिस बेपत्ता भएका छन् ।

दैलेख बजारको कालोपत्रे छियाछिया

दैलेख बजारमा पटक पटक गरिएको कालोेपत्रे अहिले उम्मेको छ । निर्माण गरेको महिनादिन भित्रबाट उम्कन थालेको कालोपत्रे अहिले धुलाम्मे भएको छ । बजारभित्र गाडी छिर्दा बजारै धुलाम्मे हुन्छ त बर्षातमा हिलाम्मे । नाली ब्यवस्थीत नहुँदा पानी सडकमै सानो खोलाझै बग्ने समस्या थुपरिएको छ ।

दुई दिनको बर्षाले पाँच करोड काँंचो इटा नष्ट

बिहीबार र शुक्रबार दुई दिनको बर्षाले भक्तपुरका इटाभटाका पाँंच करोड काँंचो इटा नष्ट भएको इटा उद्योगी व्यवसायीहरुले बताएका छन् । बर्षाले इटा पारेर सुकाइराखेका खल (खाल) मा रहेका काँंचो इटाहरु नष्ट भएका हुन् ।

जलाधार क्षेत्र रुपाकोटमा बर्षा हुनेक्रममा फेरबदल

खोटाङको जलाधार क्षेत्रकारुपमा रहेको रुपाकोटमा विगत ५५ वर्षको अवधिमा बर्षा हुने क्रममा फेरबदल आएको एक अध्ययनले देखाएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने रुपाकोट क्षेत्रमा साउथ एशिय इन्स्टिच्यूट अफ एड्भान्स स्टडिज (एसआईएएस)ले हालै गरेको अध्यायनकाक्रममा बर्षाको बदलिँदो अवस्था देखिएको हो।

प्रदेशकै पहिलो मत्स्य महोत्सव बर्षाका कारण सारियो

प्रदेश ५ कै पहिलो मत्स्य महोत्सव रुपन्देहीमा आजबाट हुने भनिएको मत्सय कृषि तथा माघी महोत्सव २०७६ बर्षाका कारण माघ १ गतेका लागि सारिएको छ।

बर्षाले धान खरिद स्थगित

बर्षाले नेपालगन्जमा धान खरिदको काम रोकिएको छ। खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड नेपालगन्जले मंसिर पहिलो सातादेखि कारकाँदोस्थित अञ्चल कार्यालय परिसरमा धान खरिदको काम सुरु गरेको थियो। शुक्रबार परेको बर्षाले कार्यालय परिसर हिलाम्य भएपछि खरिदको काम बन्द गरिएको कम्पनीका अञ्चल प्रमुख भरत खनियाले जानकारी दिए।

बेमौसमी बर्षाले ८६ करोड बढीको ईटा नष्ट (फोटो फिचर)

शुक्रबार परेको बेमौसमी पानीका कारण प्रदेश ५मा करोडौैं काचो ईटा नष्ट भएका छन्। प्रदेश नम्बर ५ ईटा उद्योग व्यवसायी संघ नेपालले शुक्रबार परेको पानीले रुपन्देहीसहित प्रदेश ५ मा रहेका २ सय ७ वटा ईटा उद्योगका अधिकांश काँचो ईटा नष्ट भएको जानकारी दिएको छ।

अत्यधिक बर्षाका कारण उत्तर प्रदेशमा १५ को मृत्यु

भारतको उत्तर प्रदेशमा अत्यधिक बर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

पहिरोले घर पुर्दा २ को मृत्यु, ४ बेपत्ता

अबिरल बर्षाका कारण गएराति आएको पहिरोमा परी थबाङ गाउँपालिका २ छेर्लाबाङमा ६ जनालाई पुरिएका छन् । रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाको पुष्टि गर्दै २ जनाको शव निका लिएको र अन्यको खोजी भइरहेको बताए ।

भारतमा बाढीका कारण कम्तीमा सयजनाको मृत्यु

भारतका धेरै जसो स्थानमा मनसुनी बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण कम्तीमा सयजनाको मृत्यु भएको र लाखौं नागरिक विस्थापित बनेको शनिबार भारतीय अधिकारीहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्