८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

दैलेख बजारको कालोपत्रे छियाछिया

गुणस्तरहिन कालोपत्रे

नारायण नगरपालिका दैलेखस्थित मुख्य बजार देवकोटा चौकमा उम्केको कालोपत्रे । तस्बिर : गोविन्द/नागरिक

दैलेख बजारमा पटक पटक गरिएको कालोेपत्रे अहिले उम्मेको छ । निर्माण गरेको महिनादिन भित्रबाट उम्कन थालेको कालोपत्रे अहिले धुलाम्मे भएको छ । बजारभित्र गाडी छिर्दा बजारै धुलाम्मे हुन्छ त बर्षातमा हिलाम्मे । नाली ब्यवस्थीत नहुँदा पानी सडकमै सानो खोलाझै बग्ने समस्या थुपरिएको छ ।  

नारायण नगरपालिका दैलेखले विभिन्न आर्थिक वर्षमा करोडौं रकम खर्चेर बनाएको कालोपत्रे धमाधम उम्किरहेको छ । वर्षातको बेला गरिएको कालोपत्रे अहिले धुलाम्मे सडकका रुपमा परिणत भएको हो । दैलेख बजारमा कालोपत्रे निर्माणका लागि थुपै्र रकम खर्चे पनि अहिले शुन्य देखीएको छ । जनप्रतिनिधि आएपछि सदरमुकामको विकास गुणस्तरहिन भएको स्थानीयहरुले बताएका छन् । कालोपत्रे गरिएको भाग उम्किए लगत्तै अहिले दैलेख बजार कुरुप बनेको छ । सडक बोर्ड नेपाल र नारायण नगरपालिकाको साँझेदारीमा विगतको आर्थिक वर्षमा कालोपत्रे भएको थियो ।

अघिल्लो आवमा ठेक्का प्रकृयाद्धारा पुरानो बजारमा महिनादिन अघि गरिएको पिच उम्केको छ । सडक सडक बोर्ड नेपाल र नारायण नगरपालिकाको साझेदारीमा गरिएको पिच गुणस्तरहिन हुदाँ उम्किएको हो । स्थानीय विभिन्न निर्माण कम्पनी मार्फत दैलेख बजारको कालोपत्रे भएको थियो । 

स्थानीयहरुले पिच राम्रो नभएको भन्दै विरोध समेत गरेका छन् । विचविचमा पिच उम्कन थालेपछि स्थानीयहरुले गुणस्तरको काम नभएको भन्दै नगरपालिकामा विरोध गरे तर, सुनुवाई नभएको स्थानीयहरु बताउँछन् । पिच उम्केर खाल्डा हुन थालेपछि स्थानीयहरु खाल्डा पुरेर विरोध समेत गरेका छन् । गुणस्तरिय काम भएको भन्दै स्थानीयहरुले खाल्डा पुरेर विरोध गरेका हुन् । स्थानीय विशाल सदाशंकरले पिचविचविचमा उम्केको बताए । गुणस्तरको काम नभएकाले महिनादिन नपुग्दै विच उम्केको उनको भनाई छ । दुई वर्षअघि नगरपालिकाले टेन्डर मार्फत ५६ लाख ६२ हजार रुपैँया खर्च गरेको थियो ।  

ठेक्कामा पिच, पिसिसि र नालाका काम गरेको थियो । दैलेख बजारभित्र ९ करोड बढी रकम कालोपत्रेमा खर्च भैसकेको जनाईएको छ । नगरपालिकाका इन्जिनियर हिक्मत रोकायले तत्काल निर्माण भएको साहारे खानेपानी आयोजनाका कारण कच्चि जमिन भएकाले त्यहाँ पिच उम्केको बताएका छन् । कमजोर सडक भएकाले पिच पहिला दवेकाले उम्किएको हुनसक्ने निर्माण कम्पनीले जनाएको छ । जनप्रतिनिधिसंग कुरा भएकाले तत्काल कालोपत्रे गर्नका लागि प्रकृया अघि बढेको प्रमुख प्रशासकिय अधिकृत छवीलाल नेपालीले बताए । कालोपत्रे राम्रो गराउनका लागि नगरपालिका लाग्ने प्रमुख प्रशासकिय अधिकृत नेपालीको भनाई छ । 

प्रकाशित: ९ जेष्ठ २०७७ ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App