coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अविरल बर्षाका कारण रौतहटकोे जनजीवन प्रभावित

अविरल बर्षाका कारण रौतहट जिल्लाको जनजीवन प्रभावित भएको छ। जंगल क्षेत्रमा भएको बर्षाको पानीबाट पूर्व पश्चिम राजमार्गमा सडक खण्ड अन्तर्गत जुडिवेला पौराइ सडक खण्डमा पर्ने लचकाको माथिबाट पानीको बहाब तिब्र भएकोले राजमार्ग भएर चल्ने यातायात अवरुद्ध भएको छ।

मनसुन सक्रीय भएसंगै जारी बर्षाबाट जिल्लाको १८ वटै स्थानीय तहको प्राय ः भूभाग जलमग्न भएको छ। बागमती र लाल बकैया नदीमा पानीको जलस्तर निकै वृद्धि भएको हुँदा कुनै पनि समयमा बाढी आउने भएको हुँदा तटीय क्षेत्रमा रहेका गाउँका बासिन्दाहरु सुरक्षित रहन स्थानीय प्रहरी प्रशासन लगायत विभिन्न निकायद्धारा सजग बनाइएको छ।

 मनसुनी बर्षा चुरे क्षेत्रमा भई जंगलको साथै रौतहटको चन्द्रपुरस्थित पूर्व पश्चिम राजमार्गमा बनाइएको कजवे (चाँदी लच्का) ओभरप्mलो भएर विहा ४ बजेदेखि नै ठूला तथा साना सवारी साधनहरु जंगलक्षेत्रमै दुई तर्फी अलपत्रमा परेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ। अहिले केही बेर अघिदेखि पानीको बहाव कम भएपछि ठूला गाडीहरु गइरहेको भए पनि साना गाडी पूर्ण रुपमा ठप्प रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहप्ले जनाएको छ।

यसैगरेर इशनाथ नगरपालिकाको बन्जरहा र औरैया गाउँ बर्षाको पानीबाट डुवानमा परेको छ। भारतीय भूभागमा ठूलो बाँध बनाएको कारण पानी निकास नभई दुवै गाउँ डुवानमा परेको बन्जरहाका ग्रृषनन्दन सिंहले बताए। पूर्वमा बकैया नदीको बाँध दक्षिणमा भारतीय बाँधका कारण यी गाउँहरु बर्षेनि डुवानमा परिरहदा पनि सम्बन्धित निकायले खासै ध्यान नदिएको आरोप सिंहले लगाए।  

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जनाए अनुसार निरन्तर रुपमा बर्षा भइरहेको हुँदा खोला किनाका गाउँका बासिन्दाहरु सुरक्षित रुपमा बस्न तथा बाढीबाट हुने सम्भावित जोखिमलाई समयमै स्थानीय प्रशासनलाई खवर गर्न आग्रह गरको बताए।  अत्याधिक बर्षाबाट पूर्व पश्चिम राजमार्गको चाँदी लच्का (कजवे) माथिबाट पानी वगिरहदा साना गाडीहरु अवरुद्ध।

प्रकाशित: २६ असार २०७७ ०४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App