२३ वैशाख २०८१ आइतबार
image/svg+xml

गत वर्ष संघबाट ५५० किलोमिटर सडक कालोपत्रे

सरकारले चालु आर्थिक वर्षको आठ महिनामा संघीय सरकार मातहत पाँच सय ५० किलोमिटर सडक कालोपत्रे गरेको तथ्यांक सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार अर्थ मन्त्रालयमा आर्थिक वर्ष २०७७/७८ आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै संघीय सरकार मातहत पाँच सय ५० किलोमिटर सडक कालोपत्रे भएको जनाए।

चालु आर्थिक वर्षमा संघीय सरकार मातहत साढे पाँच सय सडक कालोपत्रे

सरकारले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा संघीय सरकार मातहत पाँच सय ५० किलोमिटर सडक कालोपत्रे गरेको तथ्यांक सार्वजनिक गरेको छ।

भान्टाबारी–राजाबास सडक कालोपत्रे

सदरमुकाम गाईघाटसँग जोड्ने आसपासका अधिकांश सडकहरु कालोपत्रे हुने क्रममा त्रियुगा नगरपालिका ८ को रावाबासदेखि भान्टाबारीसम्मको खण्ड स्तरोन्नतिसहित कालोपत्रे भएको छ । राजाबासदेखि ऐतिहासिकस्थल खाटमन्दिर हुँदै भान्टाबारीसम्म जोड्ने ४ किलोमिटर सडक भर्खरै कालोपत्रे सकिएको हो ।

सडक कालोपत्रेको काम सुस्त, म्याद सकिन लाग्दा आधा प्रगती

खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती देखिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक लगानीमा सुरु गरिएको दिक्तेल–आहाले (१०.९७४ किलोमिटर) खण्ड डिबिएसटी कालोपत्रेको म्याद सकिन लाग्दा ४८ प्रतिशत मात्र भौतिक प्रगती देखिएको छ ।

कर्णाली प्रदेशसभा जाने बाटोको बीचमा बिजुलीको पोलसहित कालोपत्रे

विद्युत प्राधिकरणले समयमै पोलहरु नहटाउँदा निर्माण कम्पनीले बीचैमा पोल राखेर सडक कालोपत्रे गरिएको छ ।

विवाद मिल्यो, वैशाखभित्र कालोपत्रे

पिजी चोककै पूर्वपट्टि दुवैतर्फ आधा दर्जन स्थानीयले जमिन छाड्न नमानेपछि साँघुरो हुने भनिएकोमा २/२ मिटर छाड्न राजी भएसँगै लगभग ५० मिटर सडक तोकिएभन्दा फराकिलो भएको छ। तोकिएको २२ मिटर चौडाको सडक २५ मिटर हुने स्थानीयले बताए।

मदन भण्डारी लोकमार्गः पिजी चोकको बिबाद मिल्यो, वैशाखभित्र कालोपत्रे

स्थानीयहरुबीच जमिन छाड्ने विषयमा भएको बिबादका कारण १ वर्षदेखि अलपत्र परेको निर्माणाधीन ‘मदन भण्डारी लोकमार्ग’को सदरमुकाम गाईघाटस्थित पुरानो गाईघाट (पिजी) चोकको काम सुचारु भएको छ। सडक दायाँबायाँका स्थानीयले जमिन छाड्न नमानेपछि ०७६ वैशाखभित्रै सकिने भए पनि रोकिएको काम बिबाद सल्टेसँगै धमाधम सुचारु भएको छ।

वर्षमै भत्कियो दोलखा–सिँगटी सडकः ७२ करोड लगानी व्यर्थ

एसियाली विकास बैंकको सहयोगमा ७२ करोड रूपैयाँ खर्चेर एक वर्षअघि सडक कालोपत्रे गरिएको थियो। ३५ किलोमिटर लामो यो सडक अहिले जताततै भत्किएको छ।

म्याद गुज्रेको ७ महिनापछि सव–कन्ट्र्याक्टरलाई जिम्मा

महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको ठेक्का लिएको मुख्य निर्माण कम्पनीले बाँकी काम सव–कन्ट्र्याक्टरलाई जिम्मा लगाएको छ । गाइघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार ४९ किलोमिटर सडकखण्डको महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको ठेक्का लिएको भारत कन्स्ट्रक्सन/सिद्धि शाही जेभीले सम्झौता म्याद नाघेको ७ महिना बितेपछि बाँकी काम ग्राइन्ड डिजाइन कन्स्ट्रक्सन प्रालि नेपालगन्जलाई जिम्मा दिएको हो ।

मध्यपहाडीको सुरुआती खण्ड कालोपत्रे हुने

पूर्वको चिवाभञ्याङदेखि पश्चिमको झुलाघाट जोड्ने राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुआती खण्ड कालोपत्रे हुने भएको छ। सुरुआती बिन्दु चिवाभञ्याङदेखि थर्पुसम्मको सडक कालोपत्रे गर्न केही अघि ठेक्का सम्झौता भएको हो।

मध्यपहाडी लोकमार्गको सुरुवाती खण्ड कालोपत्रे हुने

पूर्वी पाँचथरको चिवाभञ्याङदेखि पश्चिमको झुलाघाट जोड्ने राष्ट्रिय गौरवको पुष्पलाल–मध्यपहाडी लोकमार्गको सुरुवाती खण्ड कालोपत्रे हुने भएको छ। सुरुवाती विन्दु मानिएको चिावभञ्याङदेखि थर्पुसम्मको सडक कालोपत्रे गर्नका लागि केही दिन अगाडि ठेक्का सम्झौता भएको हो।

गल्छी–मैलुङ सडकको २३ किलोमिटर कालोपत्रे

रसुवागढी जोड्ने सडक खण्डको दुई खण्डमा नेपाली पक्षले र एक खण्डमा चिनियाँ पक्षले स्तरोन्नति गर्ने योजना अनुसार पहिलो खण्डमा कालोपत्रे गर्ने काम चलिरहेको छ। चालु आर्थिक वर्ष २०७७/७८ को असार मसान्तभित्र ४१ किलोमिटर कालोपत्रे गरिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ।

रसुवागढी नाका जोड्ने सडकको २३ किलोमिटर क्षेत्रमा कालोपत्रे

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी मैलुङ सडक खण्डमा २३ किलोमिटर कालोपत्रे गर्ने काम सकिएको छ। रसुवागढी जोड्ने सडक खण्डको दुई खण्डमा नेपाली पक्षले र एक खण्डमा चिनियाँ पक्षले स्तरोन्नति गर्ने योजना अनुसार पहिलो खण्डमा कालोपत्रे गर्ने काम चलिरहेको छ।

विगत ८ वर्षदेखि अलपत्र पासाङल्हामु राजमार्ग बालाजु-रानीपौवा खण्डमा कालोपत्रेको काम सुरू

विगत ८ वर्षदेखि अलपत्र बालाजु-ककनी-रानीपौवा-पिपलटार सडक कालोपत्रे शुरु भएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको निरन्तरको पहलपछि कालोपत्रे सुरु भएको हो ।

प्रधानमन्त्रीले शिलान्यास गरेको सडक पहुँचका भरका तोडमोड गरेको भन्दै स्थानीय आन्दोलित

प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको तेह्रथुमको आठराइ गाउँपालिकास्थित सुकेपोखरी हुँदै ताप्लेजुङको ढुङ्गेसाँघु जोड्ने कालोपत्रे सडकलाई राजनीतिक पहुँचका भरमा तोडमोड गरिएको भन्दै स्थानीय बासिन्दा आन्दोलित बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्