coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चालु आर्थिक वर्षमा संघीय सरकार मातहत साढे पाँच सय सडक कालोपत्रे

९३ प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच

फाइल तस्बिर

सरकारले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा संघीय सरकार मातहत  पाँच सय ५० किलोमिटर सडक कालोपत्रे गरेको तथ्यांक सार्वजनिक गरेको छ। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार अर्थमन्त्रालयमा आर्थिक वर्ष २०७७/७८ आर्थिक सर्वेक्षण प्रतिवेदन  सार्वजनिक गर्दै संघीय सरकार मातहत पाँच सय ५० किलोमिटर सडक कालोपत्रे भएको जनाएका छन्। सोही अवधिमा पाँच सय ४ किलोमिटर ग्राभेल र  दुई सय ८४ किलोमिटर सडक कच्ची सडक  निर्माण भएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको आव २०७७/७८ को आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार मुलुकभर रणनीतिक र स्थानीय सडक सञ्जाल गरी १५ हजार ९ सय ७४ किलोमिटर सडक कालोपत्रे भएको छ ।

ग्राभेल सडक ८ हजार ५ सय ८२ किलोमिटर,कच्ची सडक ८ हजाार ९ सय ७२ किलोमिटर पुगेको छ। चालु आवको आठ महिनाको अवधिमा एक सय २९ पुल तयार भएका छन्। गत आवमा भने दुई सय १० वटा पुल निर्माण सम्पन्न भएको थियो। सरकारले चालु आर्थिक वर्षको फागुन मशान्तसम्म मुलकभर ९१ प्रतिशत जनसंख्यामा खानेपानीको आधारभूत पहुँच पुगेको तथ्यांक सार्वजनिक गरेको छ । चालु आवको आठ महिनाको अवधिमा एक लाख ५५ हजार ८ सय ८ जनसंख्यामा थप खानेपानीको पहुँच पुगेको हो । सरकारले सम्पूर्ण नेपाली जनताको घरधुरीमा  शौचालय पुगेको दावी गरेको छ ।

राष्ट्रिय गौरवका आयोजनाको आयोजनाको प्रगति निराशाजनक

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा राष्ट्रिय गौरवका आयोजनाले अपेक्षाकृत रूपमा कार्यसम्पादन गर्न नसकेको देखिएको छ। अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार मध्यपहाडी९पुष्पलाल० लोकमार्गको आठ महिनाको अवधिमा ५६ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ । १ हजार ८ सय ७९ किलोमिटर सडकमध्ये हालसम्म ९ सय ७० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । मध्यपहाडी लोकमार्गमा १  सय २९ वटा पुल निर्माण गर्नुपर्नेमा गत फागुन मसान्तसम्म ८४ वटा पुल निर्माण सकिएको छ। जबकी २०७७ असार मसान्तसम्म ९ सय १४ किलोमिटर सडक कालोपत्रे भएको थियो। 

चालु आवको ८ महिनाको अवधिमा हुलाकी राजमार्गको निर्माण कार्य पनि अत्यन्तै सुस्त देखिन्छ। चालु  आवको ८ महिनाको अवधिमा एक सय ४६ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ। एक हजार ७ सय ९२ किलोमिटरमध्ये गत फागुनसम्म ६ सय ५८ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ। यो राजमार्ग अन्तर्गत २ सय १९ वटा पुल निर्माण गर्नुपर्नेमा गत फागुनसम्म ९९ वटा मात्रै निर्माण सकिएको छ। 

यी दुई राष्ट्रिय गौरवका आयोजना मात्रै होइन उत्तर दक्षिण लोकमार्ग कालीगण्डकी कोरिडोरको निर्माण कार्य पनि अपेक्षित गतिमा हुन सकेको छैन। गैडाकोट राम्दी मालढुंगा खण्डको दुई सय ४५ किलोमिटरमध्ये फागुन मसान्तसम्म १५ किलोमिटर मात्रै कालोपत्रे सकिएको छ। कर्णाली कोरिडोर २ सय ८० किलोमिटर ट्रयाक खोल्नुपर्नेमध्ये गत फागुन मसान्तसम्म २ सय ५१.८ किलोमिटर मात्रै ट्रयाक निर्माण भएको छ । कोशी कोरिडोर १ सय ६२ किलोमिटरमध्ये चालु आवको दोस्रो चौमासिकसम्म दुई किलोमिटर सडक मात्रै चौडा गरिएको सडकखण्डको गत असार मसान्तसम्म ६८ किलोमिटर ग्राभेल गरिएको थियो ।

कोभिड महामारीबीच आठ महिनामा डेढ लाख सवारीसाधन थपिए

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकभर ३९ लाख ८७ हजार २ सय ६७ सवारीसाधन दर्ता भएका छन्। कोभिड महामारीबीच चालु आवको ८ महिनाको अवधिमा भने एक लाख ५० हजार ७ सय ६५ सवारीसाधन थप भएका हुन् । नयाँ दर्ता भएकामध्ये ७९.३ प्रतिशत दुई पाङग्रे र १.४ प्रतिशत बस रहेका छन्।  

९३ प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच

सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ९३ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको तथ्यांक सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म ९० प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको थियो। जबकी चालु आवको ८ महिनाको अवधिमा थप तीन प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको हो।  

नेपालमा विद्युत उपभोग गर्ने ग्राहककको संख्या ४९ लाख ९३ हजार पुगेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ। चालु आवको फागुन मसान्न्तसम्म भारतबाट १४८८.९४ मेगावाट आवर बिजुली आयात गरिएको थियो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विद्युत् चुहावट १५.३ प्रतिशतमा रहेको छ । चालु आवको फागुन मसान्तसम्म ऊर्जा खपत परम्परागततर्फ ६८.६ प्रतिशत, व्यापारिकतर्फ २८.२ प्रतिशत र नवीकरणीय तर्फ ३.२ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

प्रकाशित: १४ जेष्ठ २०७८ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App