१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गत वर्ष संघबाट ५५० किलोमिटर सडक कालोपत्रे

सरकारले चालु आर्थिक वर्षको आठ महिनामा संघीय सरकार मातहत पाँच सय ५० किलोमिटर सडक कालोपत्रे गरेको तथ्यांक सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार अर्थ मन्त्रालयमा आर्थिक वर्ष २०७७/७८ आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै संघीय सरकार मातहत पाँच सय ५० किलोमिटर सडक कालोपत्रे भएको जनाए।  

सोही अवधिमा पाँच सय चार किलोमिटर ग्राभेलर दुई सय ८४ किलोमिटर कच्ची सडक निर्माण भएको छ। आर्थिक सर्वेक्षण प्रतिवेदन अनुुसार मुलुकभररणनीतिकर स्थानीय गरी कालोपत्रे सडक १५ हजार ९ सय ७४ किलोमिटर पुगेको छ।

ग्राभेल सडक ८ हजार ५ सय ८२र कच्ची सडक ८ हजार ९ सय ७२ किलोमिटर पुगेको छ। चालु आवको आठ महिनामा एक सय २९ पुल तयार भएका छन्। गत आवमा दुई सय १० वटा पुल निर्माण सम्पन्न भएको थियो। सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलकभर ९१ प्रतिशत जनसंख्यामा खानेपानीको आधारभूत पहुँच पुगेको तथ्यांक सार्वजनिक गरेको छ। चालु आवको आठ महिनामा एक लाख ५५ हजार ८ सय ८ जनसंख्यामा थप खानेपानीको पहुँच पुगेको हो। सरकारले सम्पूर्ण नेपाली जनताको घरधुरीमा शौचालयरहेको जनाएको छ।

राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमाराष्ट्रिय गौरवका आयोजनाले अपेक्षाकृत रूपमा कार्यसम्पादन गर्न नसकेको देखिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार मध्यपहाडी (पुष्पलाल) लोकमार्गको आठ महिनाको अवधिमा ५६ किलोमिटर मात्रै कालोपत्रे भएको छ। यसको १८ सय ७९ किलोमिटरमध्ये हालसम्म ९७० किलोमिटर मात्रै कालोपत्रे भएको छ।

मध्यपहाडी लोकमार्गमा १२९ वटा पुल निर्माण गर्नुपर्नेमा गत फागुन मशान्तसम्म ८४ वटा पुल निर्माण सकिएको छ, जबकि २०७७ असार मसान्तसम्म ९१४ किलोमिटर सडक कालोपत्रे भएको थियो। चालु आवको आठ महिनामा हुलाकीराजमार्गको निर्माण कार्य पनि अत्यन्तै सुस्त देखिन्छ। उक्त अवधिमा १४६ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ। १७ सय ९२ किलोमिटरमध्ये गत फागुनसम्म ६५८ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ। योराजमार्ग अन्तर्गत २१९ वटा पुल निर्माण गर्नुपर्नेमा गत फागुनसम्म ९९ मात्रै निर्माण सकिएको छ।  

यी दुईराष्ट्रिय गौरवका आयोजना मात्रै होइन उत्तर–दक्षिण लोकमार्ग कालीगण्डकी करिडोरको निर्माण कार्य पनि अपेक्षित गतिमा हुन सकेको छैन। गैंडाकोट–राम्दी–मालढुंगा खण्डको २४५ किलोमिटरमध्ये फागुन मसान्तसम्म १५ किलोमिटर मात्रै कालोपत्रे सकिएको छ। कर्णाली करिडोर २८० किलोमिटर ट्र्याक खोल्नुपर्नेमा फागुन मसान्तसम्ममा २५१.८ किलोमिटर मात्रै ट्र्याक निर्माण भएको छ। कोसी करिडोर १६२ किलोमिटरमध्ये चालु आवको दोस्रो चौमासिकसम्म दुई किलोमिटर मात्रै चौडा गरिएको छ। यो सडक खण्डमा गत असार मसान्तसम्म ६८ किलोमिटर ग्राभेल गरिएको थियो।

आठ महिनामा डेड लाख सवारी साधन थपिए

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकभर ३९ लाख ८७ हजार २६७ सवारी साधन दर्ता भएका छन्। कोभिड महामारीबीच चालु आवको आठ महिनामा एक लाख ५० हजार ७६५ सवारी साधन थप भएका हुन्। नयाँ दर्ता भएकामध्ये ७९.३ प्रतिशत दुईपांग्रेर १.४ प्रतिशत बस छन्।  

९३ प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच

सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ९३ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको तथ्यांक सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म ९० प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको थियो। चालु आवको ८ महिनामा थप तीन प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको हो।  

नेपालमा विद्युत उपभोग गर्ने ग्राहककको संख्या ४९ लाख ९३ हजार पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ। गत फागुन मसान्तसम्म भारतबाट १४८८.९४ गिगावाट आवर बिजुली आयात गरिएको थियो। विद्युत् चुहावट १५.३ प्रतिशत छ। गत फागुनसम्म ऊर्जा खपत परम्परागततर्फ ६८.६ प्रतिशत, व्यापारिकतर्फ २८.२ प्रतिशतर नवीकरणीयतर्फ ३.२ प्रतिशतरहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

प्रकाशित: २० जेष्ठ २०७८ ०३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App