२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सीमा नाका बेलहियामा स्यानिटाइजिङ टनेल

रुपन्देहीको नेपाल भारत मुख्य सीमा नाका बेलहियामा स्यानिटाइजिङ टनेल जडान गरिएको छ । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी २ र एरिया ४का लायन्स क्लबहरुको सहकार्यमा स्वचालित स्यानिटाइजर टनेल स्थापना गरी सञ्चालनमा आएको हो । भारतमा दैनिक कोरोना संक्रमणको बृद्धिले सीमा हुँदै नेपालमा पनि सहजै प्रवेश हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सीमामै टनेल स्थापना गरि बुधबार क्लबले सिद्धार्थनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

सीमा क्षेत्रमा खटिएका प्रहरीलाई पिउने पानी

कोरोना नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका लागि टीकापुरस्थित सत्कार पोलिक्लिनिकका सञ्चालक डा. हेमन्त स्वाँरले पिउने पानीको व्यवस्था गरेका छन्।

प्रदेश २ मा एकैदिन तीन जनामा कोरोना

प्रदेश २ मा बुधबार एकैदिन तीन जना व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै गएपछि थप १ हजार थान आरडिटी किट मागियो

क्वारेन्टाइनमा रहेकाको संख्या २ सय नजिक पुगेपछि जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले ताप्लेजुङका लागि प्रदेश सरकारसंग करिव १ हजार थान र्‍यापिड डाईग्नोस्टिक (आरडिटी) किटको माग गरेको छ । माग भएको किट चाँडै ल्याएर सम्भावित सूचीका आधारमा परीक्षण अघि बढाउनुपर्ने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले निश्कर्ष निकालेपछि आरडिटी किट लिन निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेल १ नं प्रदेश राजधानी बिराटनगर गएका छन् ।

संक्रमितको सम्पर्कको स्वाब संकलन हुँदै

रौतहटमा कोरोना संक्रमण भेटिएका दुई जनाको सम्पर्कमा आएकाहरुको पहिचान गरेर स्वाब संकलन भइरहेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले रौतहटका तीन ठाउँमा स्वाब संकलन भइरहेको जानकारी गराएका छन् ।

कोरोना संक्रमणवाट अमेरिकामा अर्का एक नेपालीको निधन

अमेरिकाको भजिर्निया राज्यको सेन्टरभिल शहरमा बस्दै आएका अर्का एक नेपालीको आज कोरोना संक्रमणबाट निधन भएको छ ।

आर्थिक पुनर्बहाली प्याकेजसहितको बजेट खाँचो

आगामी आर्थिक वर्षको बजेट यथास्थितिमा संसद्मा प्रस्तुत नहुन पनि सक्छ । अध्यादेशबाट बजेट ल्याउने विगतका केही अभ्यास यस वर्ष पनि दोहो-याउने सम्भावना बढी देखिन्छ ।

मारमा फेरि पनि सफाइकर्मी

कोरोनाविरुद्धको अग्रपंक्तिमा खट्ने भनेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको नाम लिन्छन् जो पनि । उनीहरू जत्तिकै खटिरहेका सफाइकर्मीको भने नामोनिसान छैन ।

मोरङमा १ हजार २ सय जना भित्रिए

विभिन्न जिल्लाबाट एक हजार २ सय जनालाई उद्दार गरेर मोरङ ल्याइएको छ । मोरङमा स्थायी बसोबास गरी विभिन्न जिल्लामा काम विशेषले गएका र लकडाउनका कारण समस्यामा परेका १ हजार २ सय ८५ जनालाई उद्दार गरी ल्याइएको हो ।

क्वारेन्टाइन नराखी घर पठाउदा गाउँमा त्रास

देशमा लकडाउन घोषणा गरी नाका, यातायात, ओहोरदोहोर बन्द गरेर सबैलाई घरभित्र बस्न भनिएको छ । यहि लकडाउनका बीच कैलालीको चिसापानीबाट ८ हजार जना भित्रिएका छन् । काठमाडौ लगायतका ठाउँबाट उनीहरु बसमा आएका हुन ।

रोल्पामा आरडिटी किटको अभाव, क्वारेन्टाइनमा ६ हजार ८ सय ९ जना

रोल्पामा र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) परीक्षण गर्ने किटको अभाव भएको छ । किट सकिएपछि बाहिर जिल्लाबाट आएर क्वारेन्टाइनमा १४ दिन बसिसकेकाहरुलाई घर पठाउने कि राखिराख्ने भन्ने बारे स्थानीय तहहरुलाई अन्यौलता थपिएको छ । केहि दिन पहिले आएको ३ सय वटा किटबाट परीक्षण सकाएको रोल्पा अस्पतालको प्राबिधिक टोली यतिबेला अब के गर्ने भन्नेमा अन्यौलमा परेको हो ।

सप्लायर्सविरुद्ध दुई वटा मुद्दा

नवलपरासीको रामग्राम नगरपालिकाले राहतमा बाँडेको कुहिएको चामल बिक्री गर्ने व्यापारीविरुद्ध दुई वटा मुद्दा दर्ता भएको छ ।

भुल्केवासीमा त्रास कायमै, सबै गाउँलेको स्वास्थ्य जाँच गर्न माग

छिमेकी टोलका जमातिसहित दुई दर्जन बढी कोरोना संक्रमित भेटिएपछि त्रियुगा नगरपालिका ३ भुल्केकी सेम्टु राई आफूलाई पनि भाइरस सर्‍यो कि भन्ने डरले त्रसित छिन् । उनको परिवार मात्र होइन, छरछिमेकीलाई पनि त्यस्तै त्रास छाएको छ । श्रीमान, सासु, ससुरालगायत ६ जनाको परिवारमा कसैलाई अहिलेसम्म रोगको लक्षण नदेखिए पनि डरले भने उनीहरुलाई सताइरहेकै छ ।

क्वारेन्टाइनमै विरामी परिने डरः न ओढ्ने, न ओछ्याउने

सोमबार दिउँसो पाँचथरको राँके बजार आसपासमा  पानी परिरहेको थियो। पानी परेसँगै मुटु कमाउने चिसो थियो। वर्षभरीनै चिसो हुने राँके क्षेत्रमा बैशाखमा पनि पानी परेसँगै अत्याधिक चिसो थियो। यो चिसोको समाना गरेर यहाँको क्वारेन्टाइनमा राखिएकाहरु बसिरहेका थिए।

मुस्लिम भएकै कारण कामबाट निकालियो

रुपन्देहीको एक उद्योगबाट मुस्लिम भएकै कारण कामदारलाई निकालिएको छ। ओमसतिया–१ कटैया स्थित दुर्गा मोडर्न दाल मिलले उद्योगमा कार्यरत मुस्लिम कामदारलाई कोरोना संक्रमणको त्रास बढेको भन्दै कामबाट निकालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्