२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

संक्रमितको सम्पर्कको स्वाब संकलन हुँदै

रौतहट- रौतहटमा कोरोना संक्रमण भेटिएका दुई जनाको सम्पर्कमा आएकाहरुको पहिचान गरेर स्वाब संकलन भइरहेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले रौतहटका तीन ठाउँमा स्वाब संकलन भइरहेको जानकारी गराएका छन् ।

रौतहटको वृन्दावन नगरपालिकाका २०, देवाही गोनाही नगरपालिका ९ र ईशनाथ नगरपालिकाका १७ जनाको स्वाब संकलन बुधवार भइरहेको प्रजिअ घिमिरेले जानकारी गराएका छन् । वृन्दावन र देवाही गोनाहीमा मंगलवार दुई जना कोरोना संंक्रमित पुष्टि भएका छन् । दुवैको उपचार वीरगंजमा भइरहेको छ भने वीरगंजमै उपचार गराएर ईशनाथ नपा ५ का एक जना युवक घर फर्किसकेका छन् ।

संक्रमितबाट थप अन्यमा संक्रमण भए नभएको पहिचान गर्न स्वाब संकलन गरी परीक्षणको लागि पठाइने प्रजिअ घिमिरेको भनाइ छ । स्वाब संकलनको लागि स्वास्थ्यकर्मीहरुको तीन वटा समूह सम्बन्धित नगरपालिकामा पुगिसकेका छन् ।

प्रकाशित: १७ वैशाख २०७७ ०५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App