२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

निको भएका तीनमा पुनः पोजेटिभ

काठमाडौं सनसिटीका ५८ वर्षीय पुरुषमा फेरिकोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पहिलो संक्रमितका परिवार सदस्यको रिपोर्ट नेगेटिभ

नेपालगन्जका पहिलो कोरोना संक्रमित ब्यक्तिको परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ बेहना टोल निवासी ६० वर्षिय पुरुषलाई गत शुक्रबार कोरोना संक्रमण पुष्टी भएको थियो । उनलाई कोरोना पुष्टी भएपछि स्थानीय प्रशासनले उनका परिवारका सदस्यलाई स्थानीय महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लगेर राखेको थियो ।

पहिलो ८ जनाको रिपोर्ट नेगेटिभ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट पहिलो पटक परीक्षण भएका ८ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जुम्लामा पिसिआर मेसिन पुगेको एक सातापछि स्वाब परीक्षणको काम सुरु भएको थियोे ।

बाँकेमा कोरोना संक्रमित बढ्दा दाङमा उच्च सतर्कता

बाँकेका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि छिमेकी जिल्ला दाङमा कोरोना संक्रमणको जोखिम बढेपछि स्थानीय प्रशासनले पनि उच्च सतर्कता अपनाएको छ ।

जीपमार्फत गाउँ ल्याइएका १० जना होम क्वारेन्टाइनमा

खोटाङको रावाबेँसी गाउँपालिकाले हेटौंडाबाट घर आएका १० जनालाई होम क्वारेन्टाइनमा राखेको छ । मजदुरी कामका लागि हेटौडा पुगेको अवस्थामा लकडाउनकाबीच घर आइपुगेका रावाबेँसी गाउँपालिका–१ कुभिन्डेका १० स्थानीयलाई आईतबारदेखि होम क्वारेन्टाइनमा राखिएको हो ।

नेपालगन्जमा संक्रमित बढेसँगै उच्च जोखिममा कर्णाली

कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका हजारौं नागरिक रोजगारीका लागि भारत जान्छन् । भारतका विभिन्न स्थानमा कोरोना भाइरसका संक्रमित भेटिएपछि त्यहाँ रहेका नेपाली धमाधम स्वदेश फर्कंन थाले र सीमामा ज्वरो नापेर मात्र फर्काउँदा सरकारले यस्तो निष्कर्ष निकालेको थियो ।

‘कोरोनाले साँझबिहान भन्दैन’

लकडाउन भएको बेला आतेजाते गर्ने क्रम नरोकिएपछि प्रहरीले नयाँ रणनीतिसहित सडकमा थप कडाइ गर्ने भएको छ ।

सात दिनका लागि कर्णाली सिल, पैदल यात्रीलाई पनि प्रवेश नदिइने

कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि लागू हुने गरी सात दिनका लागि प्रदेश सिल गर्ने निर्णय गरेको छ। छिमेकी प्रदेश सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सात दिनका लागि प्रदेश सरकारले सिल गर्ने निर्णय गरेको हो।

रसुवामा १४ दिन क्वारेन्टाइनमा राख्ने कार्य असफल, क्वारेन्टाइनमा बसिरहेका सबैलाई छाडियो

रसुवामा १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने कार्य असफल भएको छ । काठमाडौं तथा अन्य जिल्लाबाट ल्याएर क्वारेन्टाइनमा राखिएका व्यक्ति १४ दिन नपुग्दै छोडिएसँगै क्वारेन्टाइनमा राख्ने कार्य असफल भएको हो ।

जापानमा आपतकाल थप एक महिना लम्ब्याउने योजना

जापानी प्रधानमन्त्री सिन्जो आबेले यहाँ आपतकालको अवधि थप करिब एक महिना लम्ब्याउने तयारी गरिहेको बताइएको छ। यसअघि यहाँको सरकारले यही मे ६ सम्मका लागि आपतकालको घोषणा गरेको थियो। तर सोमबार यो अवधिलाई लम्ब्याएर कम्तीमा यो महिनाको अन्तिमसम्म पु¥याउने योजना प्रधानमन्त्री आबेले बनाउनुभएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्।

लकडाउनमा आएका ८ हजारलाई क्वारेन्टाइनमा नराख्दा जोखिम

लकडाउनकै बीच बैशाख महिना हुलका हुल मान्छे बिभिन्न ठाउँबाट सुदूरपश्चिम प्रवेश गरे । औपचारिक रुपमा सवारी साधन चल्न दिने घोषणा नगरे पनि जनप्रतिनिधि, राजनीतिक दलका नेता र कार्यकर्ता पहलमा काठमाडौ, बुटवल, बिराटनगर, नेपालवगंज सबैतिर छरिएर रहेका विद्यार्थी, मजदुर, सर्वसधारण बसमा भित्रिएका हुन । चिसापानीबाट सुदूरपश्चिममा एकै दिन २५, ३० बसमा सयौ व्यक्ति भित्रिए ।

दक्षिण कोरियाली विद्यार्थी छिटै विद्यालय फर्कने

दक्षिण कोरियाले विद्यायलहरुलाई आ–आफ्ना विद्यार्थीहरु फिर्ता बोलाउने अनुमति दिने बताइएको छ। देशमा कोरोना भाइरसको प्रकोप घट्दै गएकोले अर्को हप्तादेखि देशका विद्यालयहरु पुनः सञ्चालनमा ल्याइने जनाइएको छ।

तारे होटल छ महिना बन्द, कर्मचारीलाई १२.५ प्रतिशत मात्रै तलब दिइने

कोभिड–१९ को प्रभावले आगामी छ महिनासम्म तारे होटल बन्द हुने भएका छन् । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) का पदाधिकारीको बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ६ महिनाका लागि तारे होटल बन्द गर्ने निर्णय गरेको हो ।

ताप्लेजुङमा २ सय ४७ जनाको आरडिटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

ताप्लेजुङमा अहिले सम्म २ सय ४७ जनाको र्‍यापिड डाईग्नोस्टिक टेष्ट(आरडिटी) परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले अहिले सम्मको कोरोना नियन्त्रण तथा व्यवस्थापनको प्रगति बिवरण सार्वजनिक गरेका हुन् ।

नेपालगन्जका १५ जना संक्रमितलाई आइसोलेसनमा राखियो

नेपालगन्जमा एकै दिन फेला परेका १५ जना कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा राखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्