१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

जीपमार्फत गाउँ ल्याइएका १० जना होम क्वारेन्टाइनमा

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिकाले हेटौंडाबाट घर आएका १० जनालाई होम क्वारेन्टाइनमा राखेको छ । मजदुरी कामका लागि हेटौडा पुगेको अवस्थामा लकडाउनकाबीच घर आइपुगेका रावाबेँसी गाउँपालिका–१ कुभिन्डेका १० स्थानीयलाई आईतबारदेखि होम क्वारेन्टाइनमा राखिएको हो । उनीहरुलाई १४ दिनसम्म अनिवार्य घरको छुट्टै कोठामा बस्ने कागजात गराएर होम क्वारेन्टाइनमा छाडिएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलो बताए ।

हेटौंडाबाट चार दिनअघि काठमाडौं पुगेपछि अलपत्र बनेका उनीहरुलाई प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईमार्फत जिल्ला प्रशासन कार्यालयबाट सवारी पास बनाएर जीपमार्फत गाउँमा ल्याइएको गाउँपालिकाले जनाएको छ । हेटौडाबाट काठ्माण्डौं पुगेपछि एक रात आकाशे पुलमुनि बिताएका उनीहरुलाई दुई दिन प्रहरीले नियन्त्रणमा लिएर राखेका थिए ।

अलपत्र परेका उनीहरुलाई एक दिन होटलमा राखेर आईतबार गाउँ ल्याइएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । यसँगै रावबेँसीमा होम क्वारेन्टाइनमा बस्नेको संख्या ३३ पुगेको छ । यस्तै, रावाबेँसी गाउँपालिका–६ हौंचुरमा दुई जना क्वारेन्टीनमा छन् ।

प्रकाशित: २२ वैशाख २०७७ १३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App