२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आरडिटी पोजेटिभ देखिएका युवकको पिसिआर रिर्पोट नेगेटिभ

-यापिड डाईगोनेष्टि टेष्ट (आरडिटी) परीक्षणका क्रममा पोजेटिभ देखिएका एक युवकको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ। आरडिटी पोजेटिभ भएपछि स्वाब संकलन गरेर कोसी अञ्चल अस्पताल विराटनगरमा परीक्षण गर्दा कोरोना नेगेटिभ आएको हो।

डाँफेको नाचले मन्त्रमुग्ध

मलाई चरामा हाम्रो राष्ट्रिय पंक्षी डाँफे र जनावरमा जंगलका राजा सिंह औधी मन पर्छ । प्रकृतिका यी सुन्दर सन्तानको हामीले संरक्षण गर्नु पर्छ ।

श्रममा आधारित राहत कार्यक्रम

निश्चित ठाउँमा बोलाएर राहत वितरण भइरहेका बेला धादिङको एउटा स्थानीय तहले भने नयाँ अभ्यास थालेको छ । नेत्रावती डवजोङ गाउँपालिकाले श्रममा आधारित रोजगार कार्यक्रम गरेर राहत वितरणमा नयाँ अभ्यास थालेको हो ।

के गर्दैछन् जनप्रतिनिधि ?

हरेक जनप्रतिनिधिले आफ्नो इलाकामा स्थायी तथा अस्थायीरूपमा बसोबास गर्ने प्रत्येक व्यक्ति र परिवारको लगत सङ्कलन गरी स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुरूप राहत उपलब्ध गराउन आवश्यक छ ।

कोरोना उपचारमा आयुर्वेद

विश्व मानव समुदायमा आयुर्वेदप्रति विश्वास छ । तर यसप्रति सरकारलगायत सरोकारवाला पक्षले ध्यान दिएको पाइन्न ।

होम क्वारेन्टाइनको निगरानीमा खटिएका व्यक्तिलाई सिम

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनको निगरानीमा खटिएका पाँच सय अनुगमनकर्तालाई सिम बाँडेको छ । काठमाडौंमा बसिरहेका नगरबासीलाई लकडाउनकै बीचमा गाउँ ल्याएको नगरपालिकाले होम क्वारेन्टीनको आचार संहिता पालनाका लागि अनुगमनमा खटाइएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, वडा सचिव, शिक्षक र कृषि पशु प्राविधिकलाई निःशुल्क एनसेलको सिम बाँडिएको हो ।

उदयपुरबाट घर आएका दम्पती क्वारेन्टाइनमा

खोटाङको रावाबेँसी गाउँपालिकामा उदयपुरबाट घर आइपुगेका दम्पतीलाई क्वारेन्टाइनमा राखिएको छ । गत फागुन अन्तिम साता नेपालटारस्थित आफन्तको घरमा पुगेका रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका दम्पत्तीलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको हो । मालबाहक गाडीमार्फत ओखलढुंगासम्म आएर ओखलढुंगाबाट पैदल घर आएका दम्पत्तीलाई देउराली माबिमा बनाइएको क्वारेन्टीनमा राखिएको स्वास्थ्यचौकी डुम्रेधारापानीका अवेह मनीराम अधिकारीले बताए ।

रसुवामा क्वारेन्टाइनमा बसिरहेकालाई १४ दिन नपुग्दै छाडियो

रसुवामा १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने कार्य असफल भएको छ । काठमाडौं तथा अन्य जिल्लाबाट ल्याएर क्वारेन्टाइनमा राखिएका व्यक्ति १४ दिन नपुग्दै छोडिएसँगै क्वारेन्टाइनमा राख्ने कार्य असफल भएको हो ।

संकटले सिकाएको पाठः अस्तित्व बचाउन साझा प्रयत्न

प्रकृतिपूजक मानिस स्वयं बिनाशी भएको छ। अर्थात प्रकृतिलाई आफू अनुकुल बनाउने स्वार्थमा तल्लिन मानव समुदाय आफै विनासको संघारमा पुगेको छ।

कर्णाली प्रदेश सरकारलाई १ सय १० थर्मल गन

रोजगारीका लागि दक्षिण कोरियामा रहेका कर्णालीका बासिन्दाहरुले कर्णाली प्रदेश सरकारलाई एक सय १० थान थर्मल गन (ज्वरो मापन गर्ने मेसिन) उपलब्ध गराएका छन् । कर्णाली प्रदेश समाज दक्षिण कोरियाले उपलब्ध गराएका थर्मल गन शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावललाई हस्तान्तरण गरिएको हो । दक्षिण कोरियाबाट चीन हुँदै पठाइएका स्वास्थ्य सामाग्री पत्रकार नगेन्द्र उपाध्यायले मुख्यमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

भोजपुरका संक्रमितसँग सम्पर्क गर्नेको पुनः परीक्षण

भोजपुरका एक युवामा संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आउने उदयपुरका संभावित सबैको पुनः परीक्षण गर्न स्वाब पठाइएको छ । बेलका नगरपालिका ७ मैनामैनीस्थित ससुराली आएका संक्रमितसँग भेटघाट गरेको ‘कन्ट्याक्ट ट्रेसिङ’ खुलेपछि नगरपालिकाले यसअघि नै उनको परिवार र ससुरालीसहित ५ को स्वाब परीक्षण गरेको थियो ।

अनुमान गरे भन्दा बढी भित्रिएपछि व्यवस्थापनको चुनौती

गत बिहीबार झुलाघाट नाकाबाट एक हजार दुई सय ९९ जना भित्रिए । भारतस्थिति पिथौरागढ प्रशासनले ८ सय ३७ जना क्वारेन्टाइनमा रहेको जानकारी दियो । तर क्वारेन्टाइनमा बसेभन्दा झण्डै दोब्बर आए । ‘हामीले करिब ९ सय जना आउने अनुमान गरेका थियौ,’ बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले भने, तर धेरै जना आएपछि समस्या भयो ।’

नेपालका कोरोना संक्रमितमा किन गम्भिर असर परेन ?

विश्वभर कोरोना संक्रमितको स्थिति हेर्दा वृद्व–वृद्वा,उच्चरक्तचाप,दम,मिर्गौला,मधुमेह,क्यान्सर र मुटु रोगीहरुमाल जटिलता ल्याउँछ र मृत्यु गरेको अध्ययनले देखाएका छन् । तर नेपालमा वृद्व–वृद्वा तथा दीर्घरोगीहरुमा समेतमा कुनै समस्या नआएको चिकित्सक बताउँछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्