१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भोजपुरका संक्रमितसँग सम्पर्क गर्नेको पुनः परीक्षण

उदयपुर- भोजपुरका एक युवामा संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आउने उदयपुरका संभावित सबैको पुनः परीक्षण गर्न स्वाब पठाइएको छ । बेलका नगरपालिका ७ मैनामैनीस्थित ससुराली आएका संक्रमितसँग भेटघाट गरेको ‘कन्ट्याक्ट ट्रेसिङ’ खुलेपछि नगरपालिकाले यसअघि नै उनको परिवार र ससुरालीसहित ५ को स्वाब परीक्षण गरेको थियो ।

उनीहरु सबैको रिपोर्ट नेगेटिभ देखिए पनि ‘रिकन्फर्म’ गर्न पुनः स्वाब संकलन गरी धरान पठाइएको स्वास्थ्यले जनाएको छ । नगरपालिकाले एकपटक स्वाव पठाएर परीक्षण रिपोर्ट नेगेटिभ आईसकेको भए पनि पुनः यकिन गर्न स्वास्थ्यलाई आग्रह गरिएको बेलका नगरप्रमुख दुर्गाकुमार थापाले बताए । पहिलेको नतिजा नेगेटिभ देखिए पनि यकिन गर्न नगरपालिकाले आग्रह गरेपछि स्वास्थ्य कार्यालयको प्राविधिक टोली बिहीबार मैनामैनी पुगेको थियो ।

टोलीले भोजपुरका संक्रमितको ससुराली घर र उनको सम्पर्कमा आएको भनिएका अन्य गरी ३ महिलासहित ५ को स्वाव संकलन गरी परीक्षण गर्न पठाएको छ । स्वास्थ्य प्रमुख सुबेदीका अनुसार मैनामैनीका ५ महिलासहित २२ को आरडिटी परीक्षण पनि गरेको छ । आरडिटी सबै नेगेटिभ देखिए पनि ५ को स्वाव लिएर धरान पठाएको उनले बताए ।

बुधबार र बिहीबार दुईदिन ताप्ली पुगेको स्वास्थ्य टोलीले त्यहाँका २५ जनाको आरडिटी परीक्षण गरी २ को स्वाब लिएर परीक्षण गर्न पठाएको स्रोतव्यक्ति लौकाजी राईले बताए । उनका अनुसार २५ सबैको आरडिटी नेगेटिभ आएपनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नियम अनुसार आरडिटी गरिएको संख्यामध्ये १० प्रतिशतको स्वाब परीक्षण गर्नुपर्ने भएकाले दुईको स्वाब लिएर परीक्षणमा पठाइएको हो ।

प्रकाशित: २० वैशाख २०७७ १४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App