२४ वैशाख २०८१ सोमबार
image/svg+xml

कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने निर्णय

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको बैठकले कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । बिहीबार बसेको सीसीएमसी निर्देशक समिति बैठकले लकडाउन खुकुलो भएपछि संक्रमण जोखिम रहेका ठाउँको अवस्था विश्लेषण गरी पीसीआर परीक्षणको दायरा बढाउने निर्णय गरेको हो ।

सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन

काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षण थालेको छ । कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने ५ सय देखि ७ सय कर्मचारीहरुको पीसीआर परीक्षणका लागि बुधबार नमुना संकलन गरीएको छ ।

ताप्लेजुङका थप २० जनाको पीसीआर रिपोर्ट नेगेटिभ

ताप्लेजुङबाट पठाइएको २० जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टिन सुरक्षामा खटिएका ४ सुरक्षाकर्मीसहित २० जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

ताप्लेजुङमा थप ३ जना कोरोना संक्रमित थपिए, १ जना डिञ्चार्ज

ताप्लेजुङमा ३ जना कोरोना संक्रमित थपिएका छन् । १ जना कोरोना संक्रमित भने उपचारपछि घर फर्किएका छन् । यो सहित संक्रमित ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

ताप्लेजुङमा भेटिएका पहिलो कोरोना संक्रमित निको भएर फर्किए

ताप्लेजुङमा भेटिएका पहिलो कोरोना संक्रमितले कोरानालाई जितेका छन् । मोरङको गोठगाउँस्थित कोभिड–१९ उपचार केन्द्रमा रहेका उनको दुई पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उपचार केन्द्रबाट डिस्चार्ज गरिएको छ ।

ताप्लेजुङमा जिल्ला तहमै खडा भयो कोरोना कोष

कोभिड–१९ को पहिचानका लागि गरिने पीसीआर परीक्षणको दाएरा फराकिलो बनाउन ताप्लेजुङमा जिल्ला तहमा समेत कोष खाता सञ्चालन हुने भएको छ ।

ताप्लेजुङका ३५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

ताप्लेजुङबाट पठाइएको ३५ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित २ जनासंगै सम्भावित सम्पर्कमा रहेका, क्वारेन्टिनमा बसेका र जिल्ला अस्पतालको फिबर क्लिनिकमा उपचारार्थ भर्ना भएका ३१ पुरुष र ४ महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।

नेपाल एयरलाइन्सका सात पाइलटलाई कोरोना संक्रमण

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स कर्पाेरेसन) का सात पाइलटलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका सात सदस्यको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको निगमले जनाएको छ।

ताप्लेजुङमा एक सय ६ जनाको पीसीआर रिपाेर्ट नेगेटिभ

ताप्लेजुङका विदेशबाट आएका ३ जनाको पीसीआर परीक्षा रिर्पोट नेगेटिभ आएको छ । उनीहरु फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिनमा रहेका थिए।

रिपोर्ट नआउँदै घर पठाइएका १७ जना संक्रमित

बैतडीको शिवनाथका सोमबार कोरोना संक्रमण पुष्टि भएका २१ जनामध्ये १७ जना यसअघि नै घर गएको पाइएको छ । एक हप्ता अघि स्वाब संकलन गरी रिपोर्ट नआउँदै उनीहरुलाई घर पठाइएको हो । व

आरडिटी गरेर छाडिएका ८ जनाको पीसीआर पोजेटिभ आएपछि स्थानीय त्रसित

सर्लाहीको हरिवनमा आरडिटी नेगेटिभ देखिएपछि क्वारेन्टिनबाट छाडिएका ८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि स्थानीय बासिन्दामा त्रास छाएको छ ।

आरडिटी पोजेटिभ देखिएकी महिलाको पीसीआर रिपोर्ट नेगेटिभ

ताप्लेजुङमा देखिएको दोस्रो आरडिटी पोजेटिभ व्यक्तिको पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ । पहिलो आरडिटी पोजेटिभ व्यक्तिको पीसीआर रिपोर्ट पनि नेगेटिभ नै आएको थियो । यो रिपोर्टसंगै ताप्लेजुङबाट ९० जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

बसन्तपुरमा सरकारविरुद्ध प्रदर्शन(फाेटाेफिचर)

सतप्रतिशत पीसीआर परीक्षणको माग गर्दै युवाहरुले शुक्रबार बसन्तपुरमा प्रदर्शन गरेका छन्। सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि सरकारले खर्चको गरेको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन्।

पीसीआर परीक्षण गरेर मात्र भारतबाट प्रवेशको अनुमती दिऔं : सांसद राई

प्रदेश नम्बर १ की सांसद उषाकला राईले भारतबाट भित्रिने नागरिकलाई पीसीआर परीक्षण गरेर मात्र गाउँ भित्र्याउने व्यवस्थाका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छन् ।

आरडिटी पोजेटिभ आएका ताप्लेजुङका एक व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ

आरडिटी परीक्षण रिपोर्ट पोजेटिभ आएका ताप्लेजुङको मैवाखोला गाउँपालिकाका एक व्यक्तिको पीसीआर परीक्षण रिर्पोट भने नेगेटिभ आएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्