१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

पीसीआर परीक्षणका लागि जनशक्ति उत्पादन

खोटाङमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र आरडिटी परीक्षण गर्ने जनशक्ति उत्पादन गरिएको छ । हालसम्म जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठ र तालिम प्राप्त ल्याव असिस्टेण्ट शेखर अधिकारीले पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र आरडिटी परीक्षण गर्दै आएकामा स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले थप ३० जना जनशक्ति तयार पारेको हो ।

रसुवाका पाँच जनाको कोरोना रिपोर्ट नेगेटिभ

रसुवाको पाँच जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ अर्थात कोरोना नभएको आएको छ । द्रुत विधिबाट परीक्षण गर्दा ‘आरडिटी पोजेटिभ’ देखिएका उनीहरूको पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।

संक्रमितको सम्पर्कमा आएका ४६ जनाको रिपोर्ट नेगेटिभ

कोरोना संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा आएका ४६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । शनिबार पठाइएको ४६ जनाको थ्रोट स्वाबको नमूना सेती प्रादेशिक अस्पताल धनगढीमा परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

पीसीआरका लागि ८५ जनाको स्वाब संकलन

पीसीआर टेष्टका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ८५ जनाको स्वाब संकलन गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकाक्रममा विभिन्न क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, क्वारेन्टिनमा राखिएका व्यक्ति, सम्भावित संक्रमित तथा पत्रकारको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

ताप्लेजुङ वाणिज्य संघले २ सय पीसीआर किन्दै

ताप्लेजुङ उद्योग बाणिज्य संघले कोरोना परिक्षणका क्रममा स्वाब संकलन गर्न प्रयोग गरिने २ सय थान पीसीआर भिटीएम भाईल खरिद गर्ने प्रतिवद्धता जनाएको छ । आईतबार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकमा ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे र कोषाध्यक्ष विकाश गौतमले सम्भावित संक्रमितको परीक्षणका लागि प्रयोग गरिने भाईल खरिदमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

पीसीआर ल्याब स्थापनाको काम अघि बढेन

जिल्ला अस्पताल बैतडीमा कोरोना परीक्षणका लागि पीसीआर ल्याब स्थापना गर्ने भनिए पनि त्यसको काम अघि बढ्न सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालमा बैतडीमा तत्कालै प्रयोगशाला स्थापना गर्ने भनेको भए पनि अहिलेसम्म कुनै तयारी नभएको जिल्ला अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले बताए ।

भक्तपुरका वडासचिवको पीसीआर रिपोर्ट नेगेटिभ

द्रूत विधिको परीक्षण (आरडिटी) मा कोरोना भाइरसको संक्रमण पोजिटिभ आएका भक्तपुर नगरपालिकाका एक वडा सचिवको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य कार्यालयले गरेको परीक्षणमा पोजेटिभ आएका भक्तपुर नगरपालिका वडा नं ९ का वडा सचिवको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

पीसीआर खरिद गर्ने तयारीमा स्थानीय तह

कोरोना परीक्षणको दायरा पालिकास्तरसम्म ब्यापक बनाउन ताप्लेजुङका ९ स्थानीय तहले कम्तिमा २ हजार थान स्वाब संकलन गर्ने पीसीआर भाईल र स्टिक खरिद गर्ने भएका छन् ।

खोटाङमा एक जनाको पीसीआर रिपोर्ट पोजेटिभ

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका एक जनाको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भए/नभएको यकिन गर्नका लागि नगरपालिकाबाट पठाइएका ३३ जनाको स्वाबमध्ये २० वर्षीय युवाको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए ।

कर्णालीमा कोरोनाको आशंकामा एक जनाको स्वाब थप परीक्षणको लागि नेपालगंज पठाइयो

सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा आशंका देखिएपछि थप परीक्षणको लागि नेपालगंज पठाइएको छ । कोरोना परीक्षण गर्दा रिपोर्ट बोर्डर नाइनमा देखिएकाले थप परीक्षणका लागि बाहिर पठाइएको स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकल पर्सन ओम आर्चायले जानकारी दिए ।

भारतद्वारा ३० हजार 'पीसीआर टेस्ट कीट' हस्तान्तरण

भारत सरकारले नेपाललाई कोभिड १९ परीक्षणका लागि आवश्यक पीसीआर टेस्ट किट सहयोग गरेको छ। भारतको दूतावासकोतर्फबाट राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु आइतबार हस्तान्तरण गरे।

स्वीस सहयोग : ३० हजार पीसीआर किट

स्वीटरल्याण्ड सरकारले सहयोग गरेको ३० हजार थान पीसीआर टेष्ट किट आज नेपाल आइपुगेको छ। पीसीआर टेष्टकिट सहित स्वीस सरकार विकास सहयोग एसडिसिले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमान मार्फत आज आइपुगेको हो।

पीसीआर विधिबाट १४ हजार ५ सय ९ जनामा कोरोना परीक्षण

पछिल्लो २४ घण्टामा साढे १४ सय कोरोना भाइरसको नमुना परीक्षण हुँदा नयाँ संक्रमण देखिएको छैन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  गत २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएपनि नयाँ संक्रमण नदेखिएको हो।

सर्लाहीमा 'आरडिटी पोजेटिभ' देखिएका किशोरको 'पीसीआर नेगेटिभ'

-यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी)मा पोजेटिभ रिपोर्ट देखिएका सर्लाही धनकौलका १४ वर्षीय किशोरको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ। टेकु अस्पतालमा गरिएको स्वाब परिक्षणबाट किशोरमा कोरोना भाईरस नेगेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए।

पीसीआर गर्न बाहिरको भर

चैत २१ गतेदेखि जनकपुरको प्रादेशिक अस्पतालमा पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण थालिए पनि क्षमता कम हुँदा संकलन भएका स्वाब काठमाडौं, हेटौडा र धरान पठाउनुपर्ने बाध्यता रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्