coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङ वाणिज्य संघले २ सय पीसीआर किन्दै

ताप्लेजुङ उद्योग बाणिज्य संघले कोरोना परिक्षणका क्रममा स्वाब संकलन गर्न प्रयोग गरिने २ सय थान पीसीआर भिटीएम भाईल खरिद गर्ने प्रतिवद्धता जनाएको छ । आईतबार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकमा ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे र कोषाध्यक्ष विकाश गौतमले सम्भावित संक्रमितको परीक्षणका लागि प्रयोग गरिने भाईल खरिदमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

 प्राप्त भाईल कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको मातहत रहने छ भने यसको व्यवस्थापन ताप्लेजुङ जिल्ला अस्पतालले गर्ने भएको छ । यहाँका ९ स्थानीय तह मध्ये फुङ्लिङ नगरपालिकाले ४ सय र अरु ८ वटा गाउँपालिकाले जनही २ सय थानका दरले खरिद गर्ने २ हजार थान पीसीआर भाईल,बाणिज्य संघले खरिद गर्ने २ सय थान र प्रदेश मन्त्रालयबाट प्राप्त हुने १ सय थान पीसीआर र २ सय थान आरडीटी किट लिन निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेललाई सोमवार बिराटनगर पठाईने भएको छ । 

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको अनौपचारिक बैठकले काबेलीस्थित हेल्थ डेक्समा रहेका स्वास्थ्यकर्मी र अग्रभागमा खटिएका केहि सञ्चारकर्मीको स्वाब समेत संकलन गरी सोमबारै कोशी अञ्चल अस्पताल बिराटनगर पठाउने तयारी गरेको निमित्त स्वास्थ्य प्रमुख पोखरेलले जानकारी दिए ।  

प्रकाशित: ११ जेष्ठ २०७७ १०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App