coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

रसुवाका पाँच जनाको कोरोना रिपोर्ट नेगेटिभ

रसुवाको पाँच जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ अर्थात कोरोना नभएको आएको छ । द्रुत विधिबाट परीक्षण गर्दा ‘आरडिटी पोजेटिभ’ देखिएका उनीहरूको पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।  

जसमा आमाछोदिङ्मो गाउँपालिकाका ४ जना र गोसाइँकुण्ड गाउँपालिकाका एक जना छन् । रिपोर्ट आएका पाँचै जनालाई आज अस्पतालले डिस्चार्ज गर्ने जनाएको छ । उनीहरू रसुवा अस्पतालको आइसोलेसनमा राखिएको थियो । अस्पतालको आइसोलेसनमा राखिएका ६ जनामध्ये पाँच जनाको रिपोर्ट आएको र एक जनाको स्वाब पठाउन बाँकी छ ।  

त्यसैगरी जीवजीवे ग्रामीण अस्पतालको आइसोलेसनमा रहेका तीन जनाको रिपोर्ट आइसकेको छैन । उनीहरूको आज साँझसम्ममा आउने स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए । 

प्रकाशित: १३ जेष्ठ २०७७ ०७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App