coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पीसीआर परीक्षण गरेर मात्र भारतबाट प्रवेशको अनुमती दिऔं : सांसद राई

प्रदेशसभा सांसद उषाकला राई । तस्बिर : नागरिक

प्रदेश नम्बर १ की सांसद उषाकला राईले भारतबाट भित्रिने नागरिकलाई पीसीआर परीक्षण गरेर मात्र गाउँ भित्र्याउने व्यवस्थाका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छन् । 

सोमबार प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आफ्नो धारणा राख्दै प्रदेशसभा सांसद राईले नेपाल–भारत नाकामा क्वारेन्टिन बनाएर भारतबाट भित्रिने नागरिकलाई राख्ने र पीसीआर परीक्षण गरेर मात्र घर पठाउने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन् । गाउँमा कोरोना भाइरस भित्रिए भयावह अवस्था सिर्जना हुन सक्ने खतरा देखिएको भन्दै सांसद राईले पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट देखिएपछि मात्र नागरिकलाई घर पठाउने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् ।  

नेपाल–भारत सीमामा क्वारेन्टिन बनाउने, नेपाल भित्रिन लागेका नागरिकलाई राख्ने, पीसीआर परीक्षण गर्ने लगायतका प्रयोजनका लागि प्रदेश सरकार र सम्बन्धित स्थानीय सरकारबीच समन्वय गरेर आवश्यक बजेट जुटाउन सकिने प्रदेश सांसद राईको भनाई छ । ‘प्रदेश सरकार र स्थानीय सरकारबीच कोअर्डिनेसन गरेर भारतबाट आइरहेका नागरिकलाई थोरै खर्चमा क्वारेन्टिनमा राखेर पीसिआर टेष्ट गर्ने र नेगेटिभ आएपछि मात्रै सम्बन्धित जिल्लामा पठाउने व्यवस्था गर्न अनिवार्य छ,’ सांसद राईले भनिन्, ‘गाउँमा कोरोना भित्रिए भोली एक नम्बर प्रदेशका सबै जिल्लामा भयावह अवस्था आउने सम्भावना छ । त्यो बेला केही गरी धर पाउने छैनौं । त्यही भएर अहिले नै सतर्कता अपनाउनु बुद्धिमानी हुने छ ।’  

सांसद राईले विभिन्न स्थानीय सरकारको आग्रहमा झापा, मोरङ लगायतका प्रशासनले जथाभावी अनुमती दिँदा भारतबाट कोरोना संक्रमित व्यक्ती जिल्ला–जिल्ला भित्रिरहेको आशंका गरिन् । राईले पोजिटिभ रिपोर्ट देखिएका खोटाङको जन्तेढुंगा गाउँपालिकाका नौ जना स्थानीय मेची नाकाबाट गाउँ प्रवेश गरेको जानकारी आएको बताएकी छन् । ‘गाउँमा कोरोना भित्रिदैछ, भोली भयवह अवस्था आउँदैछ,’ राईले भनिन्, ‘त्यस कारण स्थानीय सरकार र प्रदेश सरकारबीचमा सहकार्य गरौं, थोरै पैसा व्यवस्थापन गरेर कोरोना विरुद्ध लडौं ।’  

सांसद राईले खाडी मुलुकबाट आएका युवालाई रोजगार दिने नीति तथा कार्यक्रम निर्माणमा जोड दिएकी छन् । 

प्रकाशित: २६ जेष्ठ २०७७ १६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App