१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आरडिटी गरेर छाडिएका ८ जनाको पीसीआर पोजेटिभ आएपछि स्थानीय त्रसित

सर्लाहीको हरिवनमा आरडिटी नेगेटिभ देखिएपछि क्वारेन्टिनबाट छाडिएका ८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि स्थानीय बासिन्दामा त्रास छाएको छ ।

नगरपालिकाको निर्माणाधिन भवनमा बनाईएको क्वारेन्टिनमा १४ दिन राखेपछि आरडिटी नेगेटिभ आएकाले गत जेठ १८ गते पीसीआर परीक्षणका लागि थ्रोट स्वाब लिएर छाडिएका २९ जना मध्ये ८ जनाको पीसीआर पोजेटिभ आएको हो ।

मंगलबार साँझ प्राप्त रिपोर्ट अनुसार ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईँले जानकारी दिए । हरिवन नगरपालिका वडा नम्बर २, ३ र ४ का १-१ जना, ८ नम्बरका ३ जना तथा ११ नम्बर वडाका २ जनामा पोजेटिभ देखिएको मेयर प्रसाईँले बताए । मेयर प्रसाईँका अनुसार पोजेटिभ देखिएका सबैलाई मंगलबार राती नै नगरपालिकाको निर्माणाधिन भवनमा तयार पारिएको आइसोलेसन कक्षमा राखिसकिएको छ ।

भारतबाट आएका उनिहरुलाई १४ दिन क्वारेन्टिनमा राखेपछि आरडिटी नेगेटिभ आएकाले होम क्वारेन्टिनमा बस्ने शर्तमा छाडिएको थियो । संक्रमित मध्य कतिपय त यसबीचमा मलामी जाने लगायत सामूहिक रुपमा हेलमेल समेत गरेको स्थानीयले बताएका छन् । 

प्रकाशित: ३० जेष्ठ २०७७ १४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App