८ वैशाख २०८१ शनिबार

आरडिटीपछि एन्टिजेनमा ध्यान

पिसिआर परीक्षण घटाउँदै लगेको सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्न लागेको छ। कोभिड–१९ को संक्रमण बढेको सुरुवाती अवस्थामा पिसिआर परीक्षणलाई भन्दा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) लाई प्राथमिकतामा राखेको सरकारले अहिले फेरि एन्टिजेन परीक्षणलाई विशेष प्राथमिकता दिएको छ।

‘आरडिटी’ जाँच अनिवार्य गर्नुपर्ने नीतिले मजदुरलाई मर्का

बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ का लोकबहादुर थारुले यसैसाता मजदुरी गर्न स्याङजा जाने योजना बनाए । कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनबाट परिवारको खर्च चलाउनै मुस्किल भएपछि उनी गाउँका अरु साथीसँग मजदुरी गर्न जादै थिए ।

कक्षा सञ्चालनका लागि शिक्षकको आरडिटी परीक्षण

लकडाउनका कारण अवरुद्ध पठन–पाठन सुचारु गराउनका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ६२ शिक्षकको आरडिटी परीक्षण गरिएको छ ।

आरडिटी परीक्षण बन्द गरी पिसिआर परीक्षणको गति बढाउन सरकारलाई दवाव

भारतबाट फर्केर आएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमका विवेक बस्नेतको आरडिटी जाँच गर्दा केहीदिन अघि पोजेटिभ देखियो । विश्व स्वास्थ्य संगठनको नियम अनुसार २४ घण्टा भित्रमा उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्नुपथ्र्यो, तर दश दिनपछि मात्र उनको पिसिआर परीक्षण गरियो ।

भारतबाट फर्केकालाई आरडिटीको भरमा घर पठाइदै

सोमबार प्रदेश २ मा एक सय ७१ जना संक्रमित थपिएर संख्या दुई हजार १ सय ८२ पुग्दा सिरहाको कल्याणपुर नगरपालिकामा चार जना थपिएर संख्या ६८ पुगेको छ ।

बैतडीका स्थानीय तह किट खरिद गर्दै

संघीय र प्रदेश सरकारले आरडिटी किट पठाउन छोडेपछि बैतडीका स्थानीय तह आँफैले किट खरिद गर्न थालेका छन्। क्वारेन्टिनमा बसेका नागरिकको कम्तिमा आरडिटी परीक्षण गर्नै पर्ने भएकाले किट किन्ने निर्णय भएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए।

आरडिटी गरेर छाडिएका ८ जनाको पीसीआर पोजेटिभ आएपछि स्थानीय त्रसित

सर्लाहीको हरिवनमा आरडिटी नेगेटिभ देखिएपछि क्वारेन्टिनबाट छाडिएका ८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि स्थानीय बासिन्दामा त्रास छाएको छ ।

आरडिटी पोजेटिभ देखिएकी महिलाको पीसीआर रिपोर्ट नेगेटिभ

ताप्लेजुङमा देखिएको दोस्रो आरडिटी पोजेटिभ व्यक्तिको पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ । पहिलो आरडिटी पोजेटिभ व्यक्तिको पीसीआर रिपोर्ट पनि नेगेटिभ नै आएको थियो । यो रिपोर्टसंगै ताप्लेजुङबाट ९० जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

खोटाङमा १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङको जन्तेढुंगा गाउँपालिकाका १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । भारतका विभिन्न स्थानबाट आएका जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका नौसहित १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

स्वदेशकालाई आरडिटी, विदेशकालाई पिसिआर

तिला गाउँपालिका ९ का चार जना दुई महिनाअघि सुर्खेतदेखि जुम्ला पुगे । उनीहरु मध्ये केही पैदल हिँडर पाटन हुँदै आएका थिए । केही सडक मार्ग हुँदै गाडीमा । उनीहरु सबैलाई भैरव आधारभुत विद्यालय जोगिवाडामा निर्माण गरिएको क्वारेन्टिनमा राखियो । चौध दिनसम्म उनीहरु क्वारेन्टिनमै बसे ।

आरडिटी पोजिटिभ देखिएका आठसहित १९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङको ऐसेलुखर्कका आरडिटी पोजिटिभ देखिएका आठसहित १९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । आरडिटी परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट देखिएका आठ जना र शंकास्पद व्यक्तिसहित १९ जनाको स्वाब संकलन गरेर पिसिआर टेष्टमा पठाइएकामा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

८५ जनाको आरडिटी रिपोर्ट नेगेटिभ

खोटाङको केपीलासगढी गाउँपालिकामा ८५ जनाको आरडिटी रिपोर्ट नेगेटिभ देखिएको छ । मंगलबार गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि लगायतको आरडिटी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ देखिएको हो ।

आरडिटी पोजेटिभ आएका ताप्लेजुङका एक व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ

आरडिटी परीक्षण रिपोर्ट पोजेटिभ आएका ताप्लेजुङको मैवाखोला गाउँपालिकाका एक व्यक्तिको पीसीआर परीक्षण रिर्पोट भने नेगेटिभ आएको छ ।

ऐसेलुखर्कमा थप पाँच जनाको आरडिटी रिपोर्ट पोजेटिभ

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा थप पाँच जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । शनिबार ५३ जनाको आरडिटी परीक्षण गर्दा पाँच जनाको रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक एबं कोभिड–१९ सूचना अधिकारी रामकाजी नेपालले बताए ।

आरडिटी पोजेटिभ देखिएपछि गाउँपालिका सिल

दुई कर्मचारीको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकालाई सिल गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्