चीनको ल्हासामा रोकिएका सामग्रीको आयात सुरु
रसुवामा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फको सामग्रीको आयात सुरु भएको छ।
रसुवामा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फको सामग्रीको आयात सुरु भएको छ।
नेपाल राष्ट्र बैंकले सुनको आयात कोटा बढाएको छ। दैनिक १० किलो सुन आयातको अनुमति बढाएर बढाएर २० किलो पुर्याउने निर्णय गरेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल र चीनबीच हुने व्यापारलाई सहज बनाउनका लागि चिनियाँ पक्षले ल्हासाबाट रसुवागढी नाकासम्म सिधैं सामग्री पठाउनका थालेका छन्। बीचमा सामग्री भण्डारण गरेर राख्दा विभिन्न समस्या सिर्जना भएको भन्दै पछिल्लो समय नाकासम्म नै सामग्री पठाउन थालेका हुन्।
कच्चा पदार्थकै अभावमा उद्योगको एउटा प्लान्ट विगत एक वर्षदेखि बन्द गरिएको छ। उद्योगमा दुईवटा प्लान्ट छन। ती दुईवटै प्लान्ट पूर्ण क्षमतामा सञ्चालन हुँदा प्रतिदिन १० हजार लिटर आयल उत्पादन हुन्छ। त्यसका लागि दैनिक २० टन थोत्रा टायर, ट्युब आवश्यक पर्छ। तर अहिले मुस्किलले आठ टन कच्चा पदार्थ आपूर्ति भइरहेको उद्योगका प्रबन्ध सञ्चालक श्रेष्ठले बताए।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि हुने भएको छ। यसअघि दैनिक पाँचवटा चिनियाँ गाडीमा सामग्री आयात हुँदै आएकोमा अब गाडीको संख्या बढाउन लागिएको हो। सीमा जोडिएको क्षेत्रमा कोरोनाको संक्रमण नरहेको र भन्सारले जाँचपास गरेका सामग्री सहज रूपमा नेपाल पठाउने चिनियाँ सीमा व्यवस्थापन समूहले जनाएको छ।
सोनाम ल्होसारका कारण रसुवागढी नाकाबाट आयात निर्यात ठप्प भएको छ । बुधबारसम्म दैनिक पाँचवटा चिनियाँ गाडीले सामग्री ल्याउँदै आएकोमा बिहीबारबाट सामग्री आउन छाडेको हो ।
मानव स्वास्थ्यमा पनि गम्भीर असर पार्न सक्ने संक्रामक बर्डफ्लु रोग राजधानी काठमाडौंमा देखिएको छ । किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले पुष्टि गरेको छ ।
इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो। प्रतिबन्धअघिनै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे। तर बजारमा भने विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन्।
चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ।
नेपाल आयल निगमले एक महिना मै पेट्रोलियम पाइपबाट १० करोड लिटर (एक लाख किलोलिटर) डिजेल ल्याउन सफल भएको छ। पाइपलाइन सञ्चालन भएपछि निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट डिसेम्बर महिनामा मात्रै १० करोड लिटर डिजेल आयात गरेको हो। यो पाइपलाइन निर्माण सम्पन्न भएपछि पहिलो पटक अहिलेसम्म कै धेरै परिमाण हो।
कोभ्याक्स सुविधाअन्तर्गत अनुदानमा आउने खोपबाहेक सरकारले ‘जी–टु–जी’ अन्तर्गत भारत सरकारसँग सीधै सम्पर्क गरेर सेरम इन्स्टिच्युटद्वारा निर्मित खोप खरिद गर्न सशक्त प्रयास गर्नुपर्ने देखिएको छ।
समुद्रपारका देशबाट हुने नेपालको व्यापार घटेको छ । सामान्य अवस्थाभन्दा आयातमा अहिले २३.२३ प्रतिशतले कमी आएको तथ्यांक छ ।
समुद्र पारका देशहरुबाट हुने नेपालको ब्यपार घटेको छ। कोरोना कालमा समान्य अवस्था भन्दा आयातमा २३.२३ प्रतिशतले कमी आएको तथ्यांकले देखाएको छ। विश्व स्वास्थ्य संगठनले माहामारी भनेको कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि विश्वभरीको अर्थतन्त्रमा परेको असर नेपालको समुद्रपारीको ब्यपारमा पनि देखिएको हो।
वाणिज्य मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझाका अनुसार नेपालसँगको व्यापार निकै सानो मात्रामा भएकाले चीनले प्राथमिकता नदिएको हुन सक्छ। ‘हाम्रो ठूलो व्यापारिक साझेदार चीन भए पनि उसका लागि नेपाल प्राथमिकतामा छैन,’ उनी भन्छन्, ‘यो विषयमा राजनीतिक तहमा संवाद गर्नुपर्छ।’
गत आर्थिक वर्ष नेपालको लोडसेडिङ हटाउन भारतीय बिजुलीले २२ प्रतिशत योगदान गरेको छ। नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष ०७६/७७ मा कुल ७ अर्ब ७४ करोड युनिटमध्ये छिमेकी मुलुक भारतबाट एक अर्ब ७२ करोड युनिट आयात गरेर माग पूरा गरेको हो। भारतबाट आयात गरिएको बिजुलीको मूल्य १३ अर्ब ५८ करोडभन्दा बढी हुन्छ।