१ वैशाख २०८२ सोमबार
image/svg+xml ८:२६ पूर्वाह्न
खेल

नेपालका पाँच बक्सरले फोर नेसन्स कप खेल्ने

नेपालका पाँच बक्सरले भुटानमा हुने फोर नेसन्स कप बक्सिङ प्रतियोगितामा चुनौती प्रस्तुत गर्ने भएका छन्। आगामी अप्रिल ११ देखि १३ तारिखसम्म उक्त प्रतियोगिता हुँदै छ। 

उक्त प्रतियोगिताको पुरुष ४८ केजीमुनि लालप्रसाद उप्रेती र ५१ केजीमुनि चन्द्रबहादुर थापाले प्रतिस्पर्धा गर्नेछन्। महिला ४८ केजीमुनि रमिशा श्रेष्ठ, ५० केजीमुनि अस्मिता दुवाल र ५४ केजीमुनि वर्षा श्रेष्ठले खेल्नेछन्। प्रतिस्पर्धामा सहभागी हुन नेपाली टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरिसकेको छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सोमबारै नेपाली टोलीको बिदाइ गरेका थिए। अफिसियलमा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवाले, प्रशिक्षकमा बक्सिङका मुख्य प्रशिक्षक प्रवीण तुलाधर र दीपक महर्जन, आइटिओमा पुस्करराज पन्त, टेक्निकलमा असिम न्यौपाने तथा निर्णायकमा धनकुमार मैनाली, सन्तोष आलेमगर र अनुराधा लामा छन्।

सोही प्रतियोगितामा चुच्चेपाटीस्थित बक्समान्डु बक्सिङ जिमले पनि तीन खेलाडी सहभागी गराउने भएको छ। बक्सिङका महासचिव मानबहादुर भण्डारीले महासंघकै स्वीकृतिमा बक्समान्डुले खेलाडी सहभागी गराउन लागेको जानकारी दिए।

पुरुष ५१ केजीमुनि लक्ष्मण राई, ५७ केजीमुनि प्रवल उप्रेती र ६० केजीमुनि छिरिङ वाङ्दी शेर्पाले सहभागिता जनाउनेछन्। प्रशिक्षकमा उमेश कटुवाल र सन्दीप श्रेष्ठ छन्। बक्समान्डु टोली पनि सोमबारै भुटान प्रस्थान गरेको थियो। दुवै टोली प्रतियोगिताअघि थिम्पुमै अप्रिल ८ देखि १० तारिखसम्म हुने प्रशिक्षणमा सहभागी हुने कार्यक्रम छ।

प्रकाशित: २६ चैत्र २०८१ ०८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App