२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १:५९ पूर्वाह्न
खेल

सिंगापुरविरुद्धको खेलमा नेपाललाई अग्रता

सिंगापुर उड्नु अघि बिदाइ कार्यक्रममा सहभागी नेपाली राष्ट्रिय टिम । तस्बिर : एन्फा<br>

सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता बनाएको छ । 

सिंगापुर नेसनल स्टेडियममा जारी खेलको पहिलो हाफको १२औं मिनेटमा नै नेपालले अग्रता बनाएको हो । गिलेस्पी जंग कार्कीले उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।  

ष्ट्रेलियन प्रशिक्षक म्याट रोसले राष्ट्रिय टिम सम्हालेपछिको यो पहिलो गोल हो ।  

पछिल्लो पटक नेपालले सन् १९८९ मा फिफा विश्वकप छनोटमा खेलेको थियो। नेपाल र सिंगापुरले ३६ वर्षपछि प्रतिस्पर्धा गरेका हुन् ।  

नेपालले सिंगापुरलाई अहिलेसम्म हराउन सकेको छैन। यसअघि नेपाल र सिंगापुरबीच ४ पटक प्रतिस्पर्धा भएको छ। जहाँ सिंगापुरले ३ खेल जित्दा १ खेल गोलरहित बराबरीमा सकिएको थियो।

प्रकाशित: ८ चैत्र २०८१ १८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App