३ चैत्र २०८१ आइतबार
image/svg+xml ७:२८ पूर्वाह्न
खेल

निस्ट र दीक्षालय फाइनलमा

आयोजक भक्तपुर निस्ट स्कुल र दीक्षालय शुक्रबार तेस्रो निस्ट कपअन्तर्गत बास्केटबलको सिनियर गर्ल्सतर्फ फाइनलमा प्रवेश गरेका छन्।

लोकन्थलीस्थित घरेलु कोर्टमा निस्टले त्रियोगलाई २५–१५ ले पराजित ग¥यो। अर्को सेमिफाइनलमा दीक्षालयले चेल्सी वल्र्ड स्कुललाई २३–१७ ले हरायो।

सिनियर ब्वाइजमा बौद्ध इन्टरनेसनल स्कुलले राजश्री गुरुकुललाई ४३–२८ तथा टिआइएले निस्टलाई ५१–२९ ले पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरे। जुनियर गल्र्समा आर्या एकेडेमीले जनप्रेमी वल्र्ड स्कुललाई १५–१२ तथा चेल्सीले निस्टलाई २५–१६ ले पन्छाउँदै फाइनल यात्रा तय गरे।

प्रतियोगितासँगै विद्यार्थीमा स्वच्छ वातावरणबारे सचेतना जगाउने उद्देश्यले सञ्चालन गरिएको क्लाइमेट च्याम्पियनमा न्यु सुन्ताखान १ सय ८० अंकका साथ शीर्ष स्थानमा छ। मल्पी इन्टरनेसनल स्कुल १ सय ५० अंकका साथ दोस्रो स्थानमा छ। अघिल्लो दिन बिहीबार १ सय ३० अंकका साथ शीर्ष स्थानमा रहेको चेल्सी १ सय ४५ अंकका साथ तेस्रो स्थानमा छ। समान अंकमा चेल्सीसंगै राजश्री गुरुकुल पनि तेस्रो स्थानमा रहेको छ।

प्रकाशित: २४ फाल्गुन २०८१ ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App