३ चैत्र २०८१ आइतबार
image/svg+xml २३:२८ अपराह्न
खेल

सम्झना कपमा श्रोवन र प्राचीलाई स्वर्ण

भारतीय टिस्टा तोर्सा टेबल टेनिस क्लबका श्रोवन पाउल र दार्जिलिङ टेबल टेनिस एसोसिएसनकी प्राची घोषले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न यु–१६ सिंगल्सको बोइजमा श्रोवन र गल्र्समा प्राचीले स्वर्ण जितेका हुन्। ललितपुर टेबल टेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको बोइज फाइनलमा श्रोवनले एभिएम टेबल टेनिस क्लबका प्रजिल भट्टराईलाई ३–२ ले पराजित गरे।

श्रोवनले २–० ले पछि परेको स्थितिलाई उल्ट्याउँदै नतिजा आफ्नो पक्षमा पारेका हुन्। प्रतिस्पर्धात्मक फाइनल श्रोवनले ६–११, १२–१४, ११–८, ११–८ र ११–८ ले जिते। ट्यालेन्ट स्काउट टेबल टेनिस हबका श्रीराज वर्दान र यलका अर्नव श्रेष्ठ तेस्रो बने।

गल्र्सको उपाधि भिडन्तमा प्राचीले ग्लोबल टेबल टेनिस एकेडेमीकी सचारी चक्रवर्तीलाई ११–१, ११–९ र ११–४ ले सहजै पराजित गरिन्। नेपाल पुलिसकी शुभश्री श्रेष्ठ र टिस्टा टोर्साकी श्रुति दास तेस्रो भए। यु–१६ को दुवै समूहमा शीर्ष तीन स्थानका खेलाडीले क्रमशः २० हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

यससँगै चार स्वर्ण पदकको टुंगो लागेको छ। यसअघि टिम इभेन्टको पुरुषमा ललितपुर टेबल टेनिस क्लब र महिलामा ग्लोबलले स्वर्ण जितेका थिए। प्रतियोगितामा कुल ९ स्पर्धा समावेश छन्। प्रतियोगिताको मुख्य स्पर्धा पुरुष/महिला सिंगल्समा लिग चरणका खेल भइरहेका छन्। पुरुषमा तेस्रो तथा महिलामा पहिलो चरणका खेल सकिएका छन्।

प्रकाशित: १५ फाल्गुन २०८१ ०९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App