१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

श्रीलङ्का क्रिकेट बोर्डमाथिको प्रतिबन्ध फुकुवा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

आईसीसीले वक्तव्य जारी गर्दै निलम्बनका कारण श्रीलङ्काको क्रिकेटमाथि नराम्रो असर परेको तथा पछिल्लो समय श्रीलङ्कन बोर्डबाट परिषद सन्तुष्ट भएको बताएको छ।

यसअघि गत नोभेम्बरमा खेलिएको एक दिवसीय विश्वकपमा श्रीलङ्काको प्रदर्शन नराम्रो थियो। जसका कारण श्रीलङ्कन सरकारले क्रिकेट बोर्डलाई भङ्ग गर्ने घोषणा गरेको थियो।

सरकारको उक्त हस्तक्षेपबाट असन्तुष्ट बनेको आईसीसीले गत १० नोभेम्बरमा श्रीलङ्का क्रिकेट बोर्डलाई निलम्बित गरिदिएको थियो।  

प्रकाशित: १५ माघ २०८० ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App