२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बुढानीलकण्ठ र गोल्डेन गेट फाइनलमा

बुढानीलकण्ठ र गोल्डेन गेट समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुढानीलकण्ठले टाइम्सलाई ८१–७८ ले पराजित गर्‍यो। बुढानीलकण्ठका तेन्जिङ शेर्पाले ४१ अंक जोडे। गोल्डेन गेटले सिसिआरसीलाई १०५–१०२ ले हरायो। गोल्डेन गेटका नोकेश मगरले ४० स्कोर गरे।

गर्ल्समा बुढानीलकण्ठ र आइएसए नेपालले उपाधि भिडन्त पक्का गरिसकेका छन्। समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको फाइनल मंगलबार हुनेछ।

प्रकाशित: १० पुस २०८० ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App